विश्व बैंकद्वारा नेपाललाई २० अर्ब ऋण
काठमाडौं- विश्व बैंक र नेपाल सरकारबीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको छ । विपद सामनाको लागि विश्व बैंकले दिने भएको करिब २० अर्ब रूपैयाँ (१५ करोड डलर) ऋण सहयोगमा दुई पक्षबीच एक साता अघि सम्झौता भएको थियो ।
”नेपालले प्राकृतिक मौषम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ,” नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने, ”नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने वित्तिकै लिन सक्नेछ ।”
प्राकृतिक प्रभाव, अन्तर्राष्ट्रिय समुदायको गतिविधिको कारणले मौषममा आएको प्रभाव वा स्वास्थ्य क्षेत्रमा आउने आकस्मितामा यस्तो ऋण दिने गरिन्छ । नेपालले यस्तो ऋण आफूले चाहेको समयमा लिन सक्नेछ । ”यो सहयोगले नेपाललाई संकटको समयको लागि तयारीमा रहन, समाधान खोज्न र संकट आएमा तत्कालै उद्धार लगायतमा जुट्न सहयोग पुग्नेछ,” सम्झौतापछि अर्थसचिव राम प्रसाद घिमिरेले भने ।