Logo

सिद्धार्थ व्यवस्थित लगानी योजनाको पुँजी एक अर्ब ५० करोड

काठमाडौं– सिद्धार्थ व्यवस्थित लगानी योजनालाई नेपाल धितोपत्र बोर्डले एक अर्ब ५० करोडको कोषका लागि स्वीकृति दिएको छ । २०७८ असारमा २० करोडको आकारबाट सुरु गरीएको सो योजना करिब ९८ करोड पुग्न सफल भएको भएसँगै धितोपत्र बोर्डले पुन रकम थप गर्न स्वीकृति दिएको बताइएको छ ।

कम्पनीले इकाईधनीहरुको माग अनुसार इकाई बिक्री गर्दा खुद सम्पत्ति मूल्यमा कट्टा गरिने १.५ प्रतिशत बहिर्गमन शुल्क इकाई खरीद गरेको तीन वर्ष पश्चात् मात्र छुट हुने व्यवस्थालाई संशोधन गरी एक वर्ष पश्चात् नै उक्त बहिर्गमन शुल्क छुट हुने व्यवस्था गरेको बताइएको छ ।

यस योजनाअन्तर्गतको व्यवस्थित लगानी योजनामार्फत हालसम्म करिब १९ हजार इकाईधनी यस योजनमा आवद्ध रहेको र अश्विन मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११.३० रुपैयाँ रहेको छ । लगानीकर्ताले यस योजनाको इकाईहरु सिद्धार्थ क्यापिटल, सिद्धार्थ क्यापिटलको सम्पर्क कार्यालयहरु (विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा र नेपालगञ्ज), सिद्धार्थ बैंकको शाखा कार्यालय तथा वेवसाइटबाट इकाई खुद सम्पत्ति मूल्यमा खरीद/बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्