Logo

मुनलाइट हाइड्रोको बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं– मुनलाईट हाइड्रोपावर कम्पनीको बिक्री प्रवन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त भएको छ । मुनलाइट हाइड्रोपावरको सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका एक अर्ब ७६ करोड १० लाख बराबरको एक लाख ७६ हजार १० हजार ५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र मुनलाइट हाइड्रोको प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन् । मुनलाइट हाइड्रोपावर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी–ए जलविद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्