Logo

नेप्से परिसूचक ९ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हप्ताको पहिलो दिन घटेको छ । नेप्से परिसूचक आइतबार ९ दशमलव १९ अंकले घटेर दुई हजार ६ सय १७ दशमलव ९५ बिन्दुमा झरेको छ ।

आइतबार तीन सय २० वटा कम्पनीका एक करोड ११ लाख कित्ता शेयर चार अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएका छन् । यस्तै, आइतबार सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीको ३२ करोड रुपैयाँको शेयर किनबेच भएकाे छ ।

आइतबार फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आइतबार नेपाल एसबीआई बैंकको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल, रिभर फल्स पावर, माई खोला हाइड्रोपावर र समृद्धि फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्