Logo

ग्लोबल आइएमई र दुसित थानी रिसोर्टबीच सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक र दुसित थानी हिमालयन रिसोर्टबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले रिसोर्टमा उपलब्ध सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई उक्त छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सो सम्झौतामा बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र रिसोर्टका सेल्स मेनेजर सम्झना प्रसाईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकले रिसोर्टमा उपलब्ध सेवाहरू खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ्ग पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग गरेवापत भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप प्रयोग गर्दा १५ प्रतिशत निश्चित छुट पाउने छन् ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको जनाएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्