टीसीएलका अत्याधुनिक एन्रोइड स्मार्ट टिभी बजारमा «

टीसीएलका अत्याधुनिक एन्रोइड स्मार्ट टिभी बजारमा

अन्तर्राष्ट्रिय मान्यताप्राप्त, विश्वको दोस्रो ठूलो टिभी ब्रान्ड, कम्पनी टीसीएल आफ्नो ग्राहक माझ नयाँ–नयाँ उत्पादन ल्याउने क्रममा टीसीएलले ६५ इन्चमा पीएटएम र पीएटएस दुई मोडल नेपाली बजारमा भिœयाएको छ । स्मार्ट टिभीको उत्पादन ९० को दशकमा भएको पाइन्छ, तर स्मार्ट टिभी के हो यकिन व्याख्या भनेको कसैले गरेको देखिँदैन ।
टिभीमा इन्टरनेटको प्रयोग गर्न मिल्ने विभिन्न सञ्जालहरू चलाउन मिल्ने हुँदा स्मार्ट भनिएको हो । जतिजति नयाँ स्मार्ट टिभीहरू उत्पादन हुन्छन् त्यतिनै नयाँ टिभीका एप्लिकेसनहरू अपग्रेड भएर आएका हुन्छन् । त्यसैले टिभीको स्मार्ट फिचरहरू पनि विभिन्न भर्सनमा आउने गर्छ । त्यसैले आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिँदै टीसीएलले पीएटएम र पीएटएस गरी दुई छुट्टाछुट्टै स्मार्ट टिभीका मोडल नेपाली बजारमा भित्र्याएको जनाएको छ । यी टिभीहरू आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत ईओएल प्रालिमार्फत बजारमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्