धादिङबेंसीमा गरिमा विकास बैंकको शाखा «

धादिङबेंसीमा गरिमा विकास बैंकको शाखा

गरिमा विकास बैंकले आइतबार नीलकण्ठ नगरपालिका–३, धादिङबेंसीमा स्थापित धादिङबेंसी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङबेंसी आसपास क्षेत्रका उद्यमीहरूलाई आवश्यक पँुजी उपलब्ध गराई त्यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खोल्ने विश्वास रहेको बताए । उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना, नीलकण्ठ नगरपालिकाका–३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्डे, नायव महाप्रबन्धक माधवप्रसाद उपाध्यायलगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्