Logo

आईफोन एक्सको विकल्प ग्यालेक्सी एस–९

वार्सिलोना-सामसङले सुधारिएको क्यामेरा र अगमेन्ट रियालिटी (एआर) सहितको फ्ल्यागशिप एस–९ स्मार्टफोन सार्वजनिक गरेको छ । यो फोनले एप्पलको आईफोन एक्सलाई चुनौती दिने अपेक्षा गरिएको छ ।यो फोनको प्रि अर्डर पनि आइतबारबाटनै सुरु भइसकेको छ । फोनको बिक्री मार्च १६ मा सुरु हुनेछ ।यो फोनमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामेरा राखिएको छ ।
सामसङले एआर इमोजी विशेषता समावेश गरिएको छ । यसले प्रयोगकर्तालाई सेल्फी लिनकमा लागि सहयोग गर्छ र यसलाई उनीहरुको आफ्नै इमोजीमा बदल्नका लागि सहयोग गर्छ ।
प्रतिद्वन्द्वी एप्पलको आईफोन उक्समा एआर इमोजीलाई एनिमोजी भनिएको छ ।यो फोन ग्यालेक्सी एस–८ भन्दा ठूलो अन्तरले फरक भने छैन । तर विश्लेषकहरुल यसैलाई समस्याको रुपमा भने लिएका छैनन् । किनभने सामसङले प्रयोगकर्तालाई पुरानै फोनमा पनि आकर्षित गर्ने प्रयास गरिरहेको छ । विश्वव्यापी रुपमा सामसङको एस–७ र एस–७ एज बढी बिक्री भएको स्मार्टफोन हाृे । यी फोनहरु २०१६ मा सार्वजनिक गरिएको थियो । यी फोनहरुको संयुक्त बजार हिस्सा ५.२६ प्रतिशत रहेको आईएचएसले जनाएको छ । २०१५ मा बजारमा आएको ग्यालेक्सी एस–६ र चार वर्ष पुरानो ग्यालेक्सी एस–५ अर्को लोकप्रिय फोन हुन् ।
पुरै बजार यथावस्थामा रहेको समयमा २०१७ मा सामसङको स्मार्टफोनको आपूर्तिमा २ प्रतिशतको वृद्धि भएको आईडीसीले जनाएको छ ।
गत वर्ष सामसङले उच्च कोटीको स्मार्टफोनमा एप्पल र चिनियाँ स्मार्टफोन निर्माता हुवावेबाट प्रतिस्पर्धाको सामना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्