सूर्यदर्शन सहकारी प्रकरण: खनाल पक्राउ
काठमाडौं- सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा रामबहादुर खनाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट उनलाई शुक्रबार पक्राउ गरेको हो ।
तनहुँ भानु नगरपालिका-८ बगालेफाँटका ४८ वर्षीय खनाललाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । खनाल नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालन एवं शेयरधनी रहेको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइसकेको एसपी बोगटीले बताए ।