Logo

धादिङमा ७७ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

धादिङ– नेपाल सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउन ल्याएको स्वास्थ्य बिमा कार्यक्रम धादिङ जिल्लामा खासै प्रभावकारी हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बिमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच सुनिश्चित गर्ने स्वास्थ्य बिमा ऐन २०७४ ले परिकल्पना गरेको छ ।

यस जिल्लामा २०७६ साल माघ ७ गतेबाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा २०८१ भदौ महिनासम्ममा ७७ हजार १०६ जना मानिसले स्वास्थ्य बिमा गराएका छन् । जिल्लामा तीन लाख २५ हजार ७१० जनसंख्या रहेको छ । हालसम्म २३ दशमलव ६७ प्रतिशत मानिसले मात्र स्वास्थ्य बिमा गरेका छन् । जिल्लाका १३ वटा स्थानीय तहमा एक सय चारवटा वडामा स्वास्थ्य बिमा सहयोगी परिचालन गरिएको छ । प्रत्येक वडामा कम्तीमा एक जना स्वास्थ्य बिमा दर्ता सहयोगी हुने व्यवस्था छ ।

त्यसका लागि वडाध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्य र सम्बन्धित वडाको स्वास्थ्य संस्थाको प्रमुख सदस्य सचिव रहेको समितिले दर्ता सहयोगी सिफारिस गर्ने व्यवस्था छ । तर जनप्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वयंसेविका, राजनीति दलका स्थानीय अगुवा, समाजसेवीले नै स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व बुझ्न नसकेको धादिङमा स्वास्थ्य विकासमा कार्यक्रममा आबद्ध भएका मानिसको संख्याबाट पुष्टि हुन्छ ।

स्वास्थ्य बिमा निवमावलीमा भएको व्यवस्थाअनुसार पाँच जनासम्मको परिवारलाई एक इकाई मानेर तीन हजार पाँच सय रुपैयाँमा एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा हुने व्यवस्था छ । पाँच जनाभन्दा माथि सदस्य भएका परिवारको हकमा प्रतिव्यक्ति सात सय रुपयाँ थपेर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाउने र बढीमा दुई लाखसम्मको स्वास्थ्य बिमा दाबी गर्न वा लिन पाउने व्यवस्था छ । महिला स्वास्थ्य स्वयंसेविकाको परिवारले ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।

७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक एक जनालाई एक इकाई मानेर, अतिअशक्त अपांगता भएका परिवार र एचआईभी, कुष्ठरोगी, एमडीआर टिभी रोग लागेका परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम व्यवस्था रहेको स्वास्थ्य बिमा बोर्ड धादिङका संयोजक संगम अर्यालले बताए । स्वास्थ्य बिमा बोर्ड धादिङको गत भदौ महिनासम्मको तथ्यांकअनुसार धुनीवेसी नगरपालिकामा नगद तिरेर पाँच हजार ५१३ महिलासहित १० हजार नौ सय, महिला स्वयंसेविका परिवारको ४० महिलासहित ६९ जनाले बिमा गरेका छन् ।

ज्येष्ठ नागरिक ७०८ महिलासहित एक हजार ३७५ जना, अतिअशक्त अपांगता भएका ७१ महिलासहित १४५ जना गरी १२ हजार ४८९ जनाले स्वास्थ्य बिमा गरेका छन् । यसैगरी थाक्रे गाउँपालिकामा नगद तिरेर एक हजार ७५४ महिलासहित तीन हजार ५२९ जना, महिला स्वयंसेविका परिवारको ५१ महिलासहित ८८ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक ६६८ महिलासहित एक हजार ३१९ जना, अतिअशक्त अपांगता भएका ७२ महिलासहित १३२ जना र तोकिएको रोग एक महिलासहित तीन जना गरी पाँच हजार ७१ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

यसैगरी नीलकष्ठ नगरपालिकामा नगद तिरेर सात हजार ३९९ महिलासहित १४ हजार २६४ जना, महिला स्वयंसेविका परिवारको १३८ महिलासहित २५१ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक एक हजार ९१३ महिलासहित तीन हजार ६८४ जना, अतिअशक्त अपांगता भएका १९१ महिलासहित ३८४ जना र तोकिएको रोग ५८ महिलासहित १२७ जना गरी पाँच हजार ७१ जनाले स्वास्थ्य बिमा गरेका छन् । खनियावास गाउँपालिकामा नगद तिरेर एक सय एक महिलासहित २०३ जना, महिला स्वयंसेविका परिवारको एक महिलासहित दुई जनाले बिमा गरेका छन् ।

ज्येष्ठ नागरिक २६९ महिलासहित ५१९ जना, अतिअशक्त अपांगता भएका २६ महिलासहित ५५ जना र तोकिएको रोग एक महिलासहित दुई जना गरी ७७१ जनाले स्वास्थ्य बिमा गरेका छन् । यसैगरी गजुरी गाउँपालिकामा नगद तिरेर दुई हजार ६०७ महिलासहित पाँच हजार १४५ जना, महिला स्वयंसेविका परिवारको ४१ महिलासहित ७४ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक ५०८ महिलासहित एक हजार ३५ जना, अतिअशक्त अपांगता भएका १३८ महिलासहित २७३ जना गरी ६ हजार ५२७ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

गल्छी गाँउपालिकामा नगद तिरेर दुई हजार १२५ महिलासहित चार हजार २२४ जना, महिला स्वयंसेविका परिवारको २२ महिलासहित ५३ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक ५८९ महिलासहित एक हजार २१६ जना, अतिअशक्त अपांगता भएका १३७ महिलासहित २५४ जना र तोकिएको रोग सात महिलासहित १३ जना गरी पाँच हजार ७६० जनाले स्वास्थ्य बिमा गरेका छन् । यसैगरी बेनीघाट रोराङ गाउँपालिकामा नगद तिरेर दुई हजार ३६१ महिलासहित चार हजार ६९३ जना, महिला स्वयंसेविका परिवारको १७ महिलासहित ३५ जनाले बिमा गरेका छन् ।

ज्येष्ठ नागरिक ५०३ महिलासहित एक हजार ६५ जना, अतिअशक्त अपांगता भएका १४७ महिलासहित २५८ जना गरी ६ हजार ५१ जनाले स्वास्थ्य बिमा गरेका छन् । नेत्रावती दवजोङ गाउँपालिकामा नगद तिरेर २६२ महिलासहित ४९२ जना, महिला स्वयंसेविका परिवारको ३३ महिलासहित ६२ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक ४२० महिलासहित ८२३ जना, अतिअशक्त अपांगता भएका २४ महिलासहित ४७ जना र तोकिएको रोग एक पुरुष गरी एक हजार ४२५ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

यसैगरी रुवीभ्याली गाउँपालिकामा नगद तिरेर १०७ महिलासहित २४२ जना, महिला स्वयंसेविका परिवारको २१ महिलासहित ३९ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक १७४ महिलासहित ३०८ जना, अतिअशक्त अपांगता भएका ११ महिलासहित २० जना गरी ६०९ जनाले स्वास्थ्य विमा गरेका छन् । गंगाजमूना गाउँपालिकामा नगद तिरेर एक हजार १५८ महिलासहित दुई हजार १६७ जना, महिला स्वयंसेविका परिवारको २० महिलासहित ३५ जनाले बिमा गरेका छन् ।

ज्येष्ठ नागरिक ४५८ महिलासहित ८८० जना, अतिअशक्त अपांगता भएका १७ महिलासहित ३९ जना गरी तीन हजार १२१ जनाले स्वास्थ्य बिमा गरेका छन् । सिद्धलेक गाउँपालिकामा नगद तिरेर एक हजार ८३९ महिलासहित तीन हजार ५१५ जना, महिला स्वयंसेविका परिवारको ५० महिलासहित ११० जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक ७१३ महिलासहित एक हजार ४४० जना, अतिअशक्त अपांगता भएका ९७ महिलासहित १९४ जना र तोकिएको रोग दुई महिलासहित पाँच जना गरी पाँच हजार २६४ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिकामा नगद तिरेर एक हजार ६४८ महिलासहित तीन हजार १८८ जना, महिला स्वयंसेविका परिवारको ६३ महिलासहित १२३ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक ७४६ महिलासहित एक हजार ५११ जना, अतिअशक्त अपांगता भएका १९३ महिलासहित ४१५ जना र तोकिएको रोग आठ महिलासहित १६ जना गरी पाँच हजार २५३ जनाले स्वास्थ्य बिमा गरेका छन् । ज्वालामुखी गाउँपालिकामा नगद तिरेर एक हजार ८८८ महिलासहित तीन हजार ७२९ जना, महिला स्वयंसेविका परिवारको ९६ महिलासहित १९८ जनाले बिमा गरेका छन् ।

ज्येष्ठ नागरिक एक हजार १० महिलासहित एक हजार ९७५ जना, अतिअशक्त अपांगता भएका ६७ महिलासहित १२९ जना र तोकिएको रोग ६ महिलासहित नौ जना गरी ६ हजार ४० जनाले स्वास्थ्य बिमा गरेका छन् । प्रत्येक वडामा रहेका स्वास्थ्य बिमा सहयोगीले घरघरमा गएर स्वास्थ्य बिमा गराउने गरेका छन् । धादिङको जनसंख्या २०७८ अनुसार तीन लाख २५ हजार ७१० रहेको छ । गत भदौ मसान्तसम्म ७७ हजार १०६ जनाको मात्र स्वास्थ्य बिमा भएको छ । स्वास्थ्य बिमा गरेको तीन महिनापछि मात्र बिमितले स्वास्थ्य बिमा गरेवापतको भुक्तानी दाबी गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्