नेप्से परिसूचक १८ अंकले ओरालो लाग्यो
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ओरालो लागेको छ । नेप्से परिसूचक बिहीबार १८ दशमलव २५ अंकले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ बिन्दुमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अंकले ओरालो लागेर चार सय ७४ दशमलव २६ बिन्दुमा सिमित भएको हो । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्य बढेको छ । कूल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयर पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार एक सय ५७ मूल्यमा कारोबार भएको छ ।
यस्तै, नेपाल एसबिआई बैंक नौ दशमलव ७५, पिपल्स पावर सात दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी छ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले छ दशमलव शून्य एक प्रतिशतले कमाएका छन् । रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो पाँच दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैंक चार दशमलव ९०, गुडविल फाइनान्स चार दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव २१ प्रतिशतले गुमाएका छन् ।