ग्लोबल आइएमई र आईसीआईसीआई बैंक क्यानाडाबीच सम्झौता
काठमाडौं– ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच सम्झौता भएको छ । सो सम्झौतामा ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंकका व्यवसाय प्रमुख हिमादर मडीपत्लाले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै नेपालबाट अध्ययनका लागि क्यानाडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करले आईसीआईसीआई बैंकको विभित्र बैंकिङ सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ ।
आईसीआईसीआई बैंक क्यानाडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । आईसीआईसीआई बैंक क्यानाडाले क्यानाडा बैंकिङ ऐनअन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारेबार गर्दै आएको छ ।