घरबाटै वैदेशिक रोजगारी आवेदन

म्यानपावरले माग भन्दा ३ गुणा बढीको छनोट गर्न नपाउने |
सरकारले वैदेशिक रोजगारीमा जाने युवाले घरमा नै बसेर अनलाइनबाटै छनोट प्रक्रियाका लागि आवेदन दिनसक्ने प्रणालीको सुरु गरेको छ ।यो प्रणालीको परीक्षणसँगै युवालेम्यानपावरमा आएको माग वैदेशिक रोजगार विभागको वेबसाइटमा हेरेर आपूmले छनोट गरेको क्षेत्रमा घरबाट नै आवेदन दिन सक्नेछन् ।
एक म्यानपावरले कामदार छनोट गर्ने र अर्कोले पूर्वस्वीकृति लिइ कामदार छनोट गरी चलखेल गर्ने विकृतिलाई अन्त्य गर्न सरकारले यो सेलेक्सन मोडुलर र मागपत्र प्रमाणीकरणलाई अनलाइन प्रमाणीकरणसँग जोडेको हो । सेलेक्सन मोडुलर म्यानपावरले कामदार छनोट गर्ने अनलाइन प्रणाली हो भने मागपत्र प्रमाणीकरण भने नेपाली नियोगले प्रमाणित गरेको नेपाली कामदारको माग विवरण हो । अब यी २ वटा प्रक्रियालाई अनलाइन प्रणालीमा स्तोरोन्नति गरिएको छ ।
छनोट प्रक्रियामा समावेश नभएकाहरूको पनि श्रम स्वीकृति निकाल्ने वा एउटा व्यवसायीले श्रम छनोट गरी अर्कोले श्रम स्वीकृति निकाल्ने प्रवृत्तिले गर्दा कामदार ठगिने वा उजुरीमा कारवाही प्रकृयामा समेत कठिनाइ आउने अवस्थाको अन्त्य गर्न यो प्रणालीको विकास गरिएको विभागमा महानिर्देशक भीष्मकुमार भुसालले बताए ।“अब अन्तर्वार्ताको मिति अन्तर्वार्ता वा छनोट प्रक्रियाबाट उत्तीर्ण भएका कामदारहरूको विवरण अनिवार्य रूपले विभागको वेबसाइटमा राख्नुपर्ने र अन्तिम श्रम स्वीकृति दिँदा अन्तर्वार्ता उत्तीर्ण नगरेको व्यक्तिको श्रम स्वीकृति नआउने व्यवस्था गरिएको छ,” उनले कारोबारसँग भने,“त्यसका लागि तयार गरिएको मोड्यूल परीक्षणका लागि आइतबारबाट कार्यान्वयनमा आएको छ ।”सरकारले जनवरीबाट विभिन्न देशका नेपाली नियोगले प्रणालीकरण गरेका सबै मागपत्रलाई सजिलै हेर्न सक्ने गरी अनलाइन प्रणालीमा राख्ने जनाएको छ । हालसम्म म्यानपावरले ल्याएका प्रमाणीकरण गरिएका मागपत्र अनलाइन प्रणालीमा राखिएपनि सबैले हेर्न पाउने व्यवस्था गरिएको छैन ।अब एक म्यानपावरले माग भन्दा ३ गुण भन्दा बढी युवालाई छनोटका लागि अल्मल्याउन र पासपोर्ट लिन पाउने छैन ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाको छनोट प्रक्रिया र मागपत्र प्रमाणीकरण सेवालाई अनलाइन प्रणालीसँग जोडेसँगै ठगी र अनियमिता समेत नियन्त्रण हुने विभागको अनुमान छ ।यो प्रणाली शुरुसँगै मागपत्र प्रमाणिकारण र युवाको छनोट प्रक्रिया पारदर्शी, छिटोछरितो हुने छ । विभागले यस अघि श्रम स्वीकृतीको इ म्यासेज र इ टोकन प्रणाली शुरु गरिसकेको छ । वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईले जानकारी दिए । “आइतबारबाट सुरु गरिएको युवा छनोट प्रक्रिया र मागपत्र प्रमाणिकरण भने जनवरी १ बाट पुर्ण रूपमा कार्यान्वयनमा आउने छ,” निर्देशक गुरागार्इंले भने, “अब दूतावासले मागपत्र प्रमाणिकरण गरेपछि म्यानपावर र विभागमा एकै पटक आउने र सोको जानकारी सहितको निवेदन दिएर विभागले रुजु गरेपछि पूर्व श्रम स्वीकृतीको अनुमति विभागले दिने छ ।”
सरकारले वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरू, विदेशस्थित नेपाली कूटनैतिक नियोगहरू, बिमा कम्पनीहरू, बैंकहरू, अध्यागमन विभाग, कन्सुलर विभाग, राहदानी विभाग, वैदेशिक रोजगार ब्यवसायी, तालिम प्रदायकहरू, ओरिएन्टेसन सन्चालकहरू, वैदेशिक रोजगार बोर्ड तथा श्रम तथा रोजगार कार्यालयहरूलाई एक आपसमा सूचना प्रणालीको पहुँचमा जोडिसकेको छ ।वैदेशिक रोजगारसँग सरोकार राख्ने नेपाल सरकारका विभिन्न सम्बद्ध निकायहरूबीच सूचनाको आदान प्रदान गर्ने संयन्त्र तयार गरिएको विभागको भनाइ छ ।
यो प्रणालीको विकासले कागजात प्रमाणीकरणको कार्य राजदूतावासबाट हुने गरेसँग नक्कली मागपत्र पेश गरी श्रम स्वीकृति लिने प्रक्रिया बन्द भएको छ ।अनलाइन श्रम स्वीकृति प्रक्रियाका लागि विभागले लामो समयको आवश्यक तयारी जनवरीबाट पुर्ण रूपमा कार्यान्यन गर्ने भएको छ । यो प्रणालीले पूर्वस्वीकृतिको विवरण वेबसाइटमा रहने व्यवस्था कार्यान्वयन हुने छ। अब स्मार्टफोन चलाउनसक्ने जो सुकैले वैदेशिक रोजगारीका लागि पूर्वस्वीकृति लिइएको कम्पनी, काम, तलब सुविधा, ती काममा पठाउने म्यानपावर एजेन्सी जाँदा लाग्दा लागत खर्चको जानकारी घरैबाट पाउन सक्नेछन्।