देशभर एक महिनामै ७५ हजार करदाता थपिँदै «

देशभर एक महिनामै ७५ हजार करदाता थपिँदै

बारा-पुस मसान्तसम्म देशभर सञ्चालित मालवाहक ढुवानी सवारी सञ्चालक,ब्रोकर, ट्रान्सपोर्ट एजेण्टहरूले प्यान र भ्याटमा दर्ता भएरै ढुवानीसम्बन्धी काम गर्ने भएका छन् ।सरकारले ढुवानीमा कर लिने प्रक्रिया सहज बनाइदिएपछि देशभरका ६५ हजारभन्दा बढी मालवाहक सवारी र करीब १० हजार ढुवानी बोक्रर (दलाल)लगायतका करदाताले प्यान र भ्याटबाट ढुवानी कारोबार गर्ने भएका हुन्।
सरकारले जेठ १६ गतेदेखिनै ढुवानीमा भ्याट अनिवार्य गरे असजिलो र प्रक्रिया झण्झटिलो भएको भन्दै अवज्ञा गर्दै आएका ढुवानीका संघ संस्था र सरकारी निकायबीच गत बिहीबार अर्थ मन्त्रालयमा भएको सहमतिअनुसार देशैभरका सवारीसम्बद्ध पक्ष प्यान र भ्याटमा ढुवानी कारोबार गर्ने सहमति भएको छ ।
ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले हालसम्म देशमा सञ्चालित ६५ हजार बढी ट्रकमा १० प्रतिशतले मात्र प्यान लिएका बताए । बैठकबाट सहमति भएअनुसार पुसभित्र देशैभरका सवारी सञ्चालकले ब्लु बुक र नागरिकताका आधारमा सरकारले प्यान दिने वातावरण बनाएपछि सवारी सञ्चालकले प्यान लिएरै कारोबार थाल्ने सहमति भएको बताए ।
ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनालले ट्रक, ट्यांकर र ट्रिपर लगायतका ढुवानीका साधनले प्यान वा भ्याटमा जाने तर ढुवानी सेवा, ट्रान्सपोर्टले अनिवार्य भ्याटमा जाने सहमति भएकाले पुसभित्रै सबै मुअकमा दर्ता हुने बताए ।
ढुवानीमा प्यान र भ्याटपछि माघ १ गतेदेखि विगतमा जस्तै लुकाएको अकुत मुनाफा ढुवानी भाडा वापत राज्यले अर्बौ राजस्वप्रत्येक महिना प्राप्त गर्ने राजस्व विभागका उच्च अधिकारीको दावी छ ।
यसअघि ढुवानीका साधनले घरेलु कार्यलय बाट पंजिकृत गर्नु पर्ने वडाको सिफारीस,बैक र फाईनान्सबाट प्राप्त ऋणीको सहमती लगाएका थुप्रै प्रक्रियाबाट गुज्रनु पर्दा सरकारले जेठ १६ गते देखि लागू गरेको ढुवानीमा भ्याट अवज्ञा गर्दै आउनु परेको महासंघले जनाएको छ ।
आफ्नै वा कुनै अर्कै सवारीधनीका एक–दुई वटा ट्रक, ट्रिपर र ट्यांकर भाडामा लिएर सञ्चालन गर्ने दुवै प्रकारका ढुवानीकर्ताले अब घरेलु, उद्योग वा अन्य कुनै सरकारी कार्यालयमा गएर फर्म दर्ता गर्नु नपर्ने सहमति भएको छ। त्यस्ता ढुवानीकर्ताले व्लूबुक र नागरिकताका आधारमा ढुवानीका साधनको नम्बर राखेर राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर पाउने छन्। यस्तो प्यान दर्ता सरकारी पक्षले दिन सहज बनाउने भएको छ ।
ट्रक, ट्यांकर र ट्रिपर लगायतका ढुवानीका साधनले स्थायी लेखा नम्बर (प्यान) वा भ्याट दुईमध्ये कुनै एकबाटै कारोबार गर्न सक्ने छन भने यस अघि (प्यान) मात्रै लिएर ढुवानी व्यवसाय संचालन गरेका ट्रान्सर्पोट, बोक्रर(दलाल) भन्सार एजेण्टले मुल्य अभिवृद्धि करमा कारोबार गर्नु पर्ने सरकारी पक्षका बैठकमा सहभागी राजस्व विभागका एक उपसचिवले बताए ।

 

प्रतिक्रिया दिनुहोस्