Logo

पैठारी गरिएको १२ हजार किलो मासको दाल फिर्ता

काठमाडौं- व्यापारिक प्रयोजनका लागि पैठारी गरिएको मासको दाल न्यून स्तरको पाइएपछि फिर्ता पठाइएको छ ।

नेपालगन्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले परीक्षण गर्दा कोल टार डाई बाह्य रंगको प्रयोग गरेको भेटिएपछि १२ हजार किलो मासको दाल फिर्ता गरिएको हो ।

विभागका अनुसार सो दाल व्यापारिक प्रयोजनका लागि प्रभुकृपा अर्डर एण्ड सप्लायर्स कोहलपुरले भारतबाट कात्तिक ४ मा नेपालगन्ज भन्सार नाकामा ल्याएको थियो ।

दाल आयात गर्न नमिल्ने भनी नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएपछि कन्साइन्मेन्ट भन्सार कार्यालयले निर्यात गर्ने देशमै फिर्ता पठाएको छ । विभागका अनुसार कुनै पनि किसिमका दालमा बाह्य रंगको प्रयोग गर्न प्रतिबन्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्