सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने

सोल-सामसङ इलेक्ट्रोनिक्सले आइतबार स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल वल्र्ड कंग्रेसमा ग्यालेक्सी एस–९ र ग्यालेक्सी एस–९ प्लस सार्वजनिक गर्ने भएको छ ।यसमा सुधारिएको इनफिनिटी डिस्प्ले र डीएसएलआर तहको तस्बिर लिन सक्ने क्यामेरा समावेश गरिएको छ ।
यो नयाँ स्मार्टफोनमा एफ-१.५ को अधिक तीव्रताका साथ तस्बिर लिने सक्ने क्यामेरा राखिएको छ ।
ग्यालेक्सी एस–९ प्लसमा पछाडिपट्टिको मागमा १२ मेगापिक्सेलको दुईवटा क्यामेरा राखिएको छ । ग्यालेक्सी एसको लाइनअपमा यस किसिमको क्यामेरा पहिलो हो । यसमा जुमको सुविधा पनि राखिएको छ ।
ग्यालेक्सी एस–९ र ग्यालेक्सी एस–९ प्लसमा स्क्रिनको आकार क्रमशः ५.८ इन्च र ६.२ इन्चको राखिएको छ ।कम्पनीका योभन्दा पहिलेका फ्ल्यागसिप फोनहरू ग्यालेक्सी एस–८ र ग्यालेक्सी एस–८ प्लस कभ्र्ड स्क्रिनका लागि व्यापारिक लोगो बन्दै आएका थिए ।
एस–९ मा थ्रीडी इमोजी राखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । यो एप्पलको आईफोन एक्समा रहेको एनिमोजी जस्तै भएको बताइएको छ ।यो फोनको प्रिअर्डर फेबु्रअरीको अन्त्यमा सुरु हुने र मार्च ९ मा दक्षिण कोरियामा लन्च हुने बताइएको छ । यो फोनको मूल्य ९ सय २० अमेरिकी डलर पर्ने पनि बताइएको छ । यो गत वर्षको ग्यालेक्सी एस–८ को तुलनामा बढी हो ।