प्रधानमन्त्री दैवी कोषमा युनिलिभर नेपालको ५० लाख
काठमाडौं– युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीले हालै आएको बाढी र पहिरोका पीडितलाई सहयोग गर्ने प्रयासमा संलग्न छ । कम्पनीले संकटको समयमा र सामान्य परिस्थितिमा पनि नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने विभिन्न गतिविधिहरु गर्दै आएको जनाएको छ । बाढी पहिरोबाट पीडित समुदायको सहयोगका लागि युनिलिभर नेपालले स्वास्थ्य मन्त्रालयमार्फत सरसफाइका सामग्री उपलब्ध गराएको छ ।
युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित भएको बताइएको छ । यस्ता प्रयासमार्फत युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता दोहोर्याएको कम्पनीको दावी छ ।