नेफ्स्कूनको अध्यक्षमा पौड्याल

बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को अध्यक्षमा परितोष पौड्याल चयन भएका छन् । संघको शनिबार काठमाडौंमा सम्पन्न २८ औं साधारणसभाले चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा दामोदर अधिकारी, कोषाध्यक्षमा दीपक पनेरु चयन भएका छन् । यसैगरी सञ्चालकहरुमा खुल्लातर्फ मन्दरा मिश्र, रिना आचार्य र विद्या कोइराला र प्रदेशतर्फ प्रदेश–१ बाट गोमा नेपाल, प्रदेश २ बाट हरेराम प्रसाद, प्रदेश–३ बाट जिवसराज खड्का, गण्डकी प्रदेशबाट कमलादेवी गिरी, प्रदेश–५ बाट सन्दिप सापकोटा, कर्णाली प्रदेशबाट यज्ञप्रसाद ढकाल, सुदुर पश्चिम प्रदेशबाट माधवप्रसाद जोशी चयन भए ।
यसैगरी नवराज सापकोटाको संयोजकत्वमा गठन भएको लेखा सुपरीवेक्षण समितिमा सुशीलकुमार बस्नेत र सुभद्रादेवी महतो निर्वाचित भए ।
अध्यक्षसहित सञ्चालक पदका लागि भने निर्वाचन भएको थियो । अध्यक्षमा निर्वाचित पौड्याल एक हजार १५६ मत ल्याउदा अर्का प्रत्यासी दिपक थापाले २६५ मत प्राप्त गरेका थिए ।