Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र हार्ड रक क्याफेबीच सम्झौता

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् ।

बैंक र क्याफेबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई फुड एण्ड बेवरेज मा १० प्रतिशत छुट दिने सहमति भएको हो । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा बैंकले दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्