कारोबारको १०औं वार्षिकोत्सव «

कारोबारको १०औं वार्षिकोत्सव

कारोबार राष्ट्रिय आर्थिक दैनिकले आफ्नो १० औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार आयोजित वार्षिकोत्सव कार्यक्रममा कारोबारका अभिभावकहरुलाई टीबिआइ पब्लिकेसन्स्का अध्यक्ष भवन भट्टले सम्मानित गरेका थिए ।
कारोबारका अभिाभावकहरुमा प्रा. डा. विश्वम्भर प्याकु-याल, स्व. प्रा. डा. मदनकुमार दाहाल, डा. पोषराज पाण्डे, डा. चन्द्रमणि अधिकारी, पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, गभर्नर डा. चिरन्जिवी नेपाल, उद्यमी विनोद चौधरी, अर्थविद् रामेश्वर खनाल रहेका छन् । स्व. मदनकुमार दाहालको सम्मान भने उनकी बहिनी मीना दहाल कार्कीले ग्रहण गरेकी थिइन् ।
यस्तै, कार्यक्रममा कारोबारको विभिन्न विभागमा काम गर्ने सर्वोत्कृष्ट कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा जिल्ला संवाददातातर्फ विराटनगरका मीनकुमार नवोदित, सम्पादकीय विभागबाट गोपाल संग्रौला, मार्केटिङ विभागका राजेश श्रेष्ठ र प्रशासन विभागका सुनिल श्रेष्ठ रहेका छन् ।
सो अवसरमा अभिभावकसहितको सहभागितामा केक काट्नुका साथै टोष्ट प्रस्ताव पनि पारित गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्