रक्षामा ठूलो धनराशि खर्चिंदै जापान «

रक्षामा ठूलो धनराशि खर्चिंदै जापान

टोकियो-जापान सरकारले शुक्रबार रक्षा खर्चमा आठौं वार्षिक वृद्धिलाई स्वीकृत गरेको छ । यो वृद्धिसँग जापान सरकारको रक्षा खर्च कीर्तिमानी उच्च अवस्थामा पुगको छ । उत्तर कोरिया र चीनसँग प्रतिकार गर्नका लागि अमेरिकी स्टिल्थ फाइटर, इन्टरसेप्टर मिसाइल र अन्य उपकरण किन्न तयारी गरेसँगै रक्षा खर्चमा पनि वृद्धि गरिएको हो ।
जापानको रक्षा बजेटमा १.१ प्रतिशतले वृद्धि भएर ५.३१ ट्रिलियन येन (४८.५६ अर्ब डलर) पुगेको छ । अप्रिल १ मा सुरु हुने आर्थिक वर्षमा यो परिमाणको खर्च गरिने छ । प्रधानमन्त्री सिन्जो अबेको सत्तारुढ लिबरल डेमोत्र्mयाटिक पार्टिको वर्चस्व रहेको जापानको संसद्ले आगामी वर्ष यो खर्चका लागि मतदान गर्ने योजना बनाएको छ ।
आक्रामक हतियार राख्ने विषयमा प्रतिबन्धित गर्ने खालको संवैधानिक व्यवस्था भए पनि जापान विश्वकै ठूलो सैन्य खर्च गर्ने देशमा पर्दै आएको छ । एक दशक भन्दा कमको अवधिमा रक्षा क्षेत्रको खर्चमा १५ प्रतिशतको वृद्धि भएको छ । छिमेकी चीनले आफ्नो सेना र क्षेप्यास्त्रलाई आधुनिकिकरण गरिरहेकाले जापानको यस्तो योजना आएको हो । छिमेकी चीनको मिसाइल जापानको कुनै पनि क्षेत्रमा पुग्न सक्ने क्षमताका रहेका छन् ।
जापानले अमेरिकी उपकरण किन्न लागेकोमा राष्ट्रपति ट्रम्पले धन्यवाद दिएका छन् । यसले दुई मित्र राष्ट्रको व्यापार तनावलाई खुकुलो पार्न पनि सहयोग गर्ने अपेक्षा उनको छ ।
आगामी वर्षको ठूलो खरिदमा ९ लकहिड मार्टिन एफ–३५ स्टिल्ल फाइटर, यसमा सानो ठाउँबाट उडान भर्न सक्ने र भर्टिकल अवतरण गर्न सक्ने पनि समावेश छ । यसका लागि १ सय ७ अर्र्ब येन लाग्ने देखिएको छ । जापानले यसलाई आफ्नो रक्षा बलको सञ्चालन क्षेत्र विस्तार गर्नका लागि परिचालन गर्नेछ ।
जापानको रक्षा मन्त्रालयले आफ्नै ब्यालेस्टिक मिसाइल रक्षा प्रणालीलाई बलियो पार्नका लागि १ अर्ब डलर खर्च गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्