नेपाल बंगलादेश बैंकद्वारा कम्बल हस्तान्तरण

नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, बिहीबार कागेश्वरी, मनहरा–६, काठमाडौंस्थित अनाथ अपांग आश्रय नेपाललाई ३५ वटा जाडोको कम्बल हस्तान्तरण गरेको थियो । बैंकले सो अनाथालयमा अनाथ तथा अपांग बालबालिकाहरूलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज होस् भनी ब्ल्यांकेट वितरण गरेको थियो । बैंकका सञ्चालक मुकुन्द नाथ ढुंगेलले सो अनाथ आश्रयका बालबालिकाहरूलाई सहयोग सामग्री हस्तान्तरण गरे । सो अवसरमा सो संस्थाका अध्यक्ष्य गोपलबहादुर कार्कीले सो सहयोगका लागि धन्यबाद ज्ञापन गरे ।
साथै बैंकका सञ्चालक मुकुन्दनाथ ढुंगेलले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं बैंकले आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकाले सो नारा अनुसारको उद्देश्य प्राप्तिका लागि समाजका हरेक वर्गका सर्वसाधारणहरू तथा बालबालिकाहरूका जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।