नेप्से झिनो अंकले ओरालोतिर «

नेप्से झिनो अंकले ओरालोतिर

साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य रूपमा ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.६३ विन्दुले घटेर २५१.८४ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम भने ४० करोड रुपैयाँमाथि छ । कुल १ सय ४१ कम्पनीको कुल १२ लाख ८९ हजार १ सय ३४ कित्ता सेयर ४१ करोड ९० लाख ८८ हजार १ सय ३३ रुपैयाँमा खरिद बिक्री भए ।
कारोबार भएका कुल १२ उपसमूहमध्ये बिहीबार ६ उपसमूहको सेयर ओरालो लागेको छ भने ६ उपसमूहको सेयर भने बढेको छ । बैंकिङ १.९४, विकास बैंक ७.५४, निर्जीवन बिमा ३६.२२, अन्य ५.०२, लघुवित्त ५.०७ र जीवन बिमा ४२ विन्दुले ओरालो लागेको छ । यस्तै व्यापार ५.७७, होटल १५.१९, जलविद्युत् १.६८, वित्त ५.१, उत्पादन ३९.८६ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेका छन् ।
नेप्सेका अनुसार एनएमबी बैंक कारोबारका आधारमा शीर्ष स्थानमा छ । सो बैंकको १२ करोड ३१ लाख ९३ हजार २ सय ७१ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै, प्राइम बैंक ३ करोड ८ लाख ६१ हजार ४ सय ९४रुपैयाँ, नेपाल बैंक १ करोड ८७ लाख ६७ हजार ९ सय ५४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १ करोड ७६ लाख ७७ हजार र शिवम् सिमेन्ट १ करोड २३ लाख ४४ हजार १ सय ६५ रुपैयाँमा खरिद बिक्री भई भई शीर्ष स्थानमा रह्यो ।
नेप्सेका अनुसार नेपाल फाइनान्सका लगानीकर्ताले ९.४० प्रतिशतले कमाउँदा शिवम् सिमेन्ट ६.७६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.८७, विशाल बजार कम्पनी ५.६९ र राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरधनीले ४.०२ प्रतिशतले कमाए । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ६.७७, अरुण काबेली ४, नेशनल माइक्रोफाइनान्स ३.७१, तारागाउँ रिजेन्सी होटल ३.६४ र सिन्धु विकास बैंकका लगानीकर्ताले ३.६२ प्रतिशतले गुमाए ।

 

प्रतिक्रिया दिनुहोस्