Logo

कात्तिकमा निक्षेपको ब्याजदर कुन बैंकले कति घटाए ?

काठमाडौं- कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेप ब्याजदर सामान्य घटाएका छन् । असोजको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो ।

बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.१४ प्रतिशत छ । सानिमा बैंकको ब्याजदर सामान्य बढेको छ । १० वटा बैंकको ब्याजदर सामान्य घटेको छ भने अन्यकाे स्थिर छ । अहिले सबैभन्दा धेरै ६.९९ प्रतिशतसम्म ब्याज दिने एनआइसी एशिया बैंक भएको छ ।

कर्जाको वृद्धिदर समान्य रहेपछि धेरै बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर केही भए पनि घटाएका हुन् । बैंकहरूले साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन् । अहिले कर्जा लगानी नभएको कारण बैंकहरूले धेरै भएको रकम राष्ट्र बैंकमा २.९९ प्रतिशतमा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्