दाउन्ने एग्रो फार्मको बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं– दाउन्ने एग्रो फार्मको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा दाउन्ने एग्रो फार्मका कार्यकारी निर्देशक बिनोद पोखरेल तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार क्यापिटलले दाउन्ने एग्रो फार्मको साधारण सेयर निष्काशनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।