हुण्डी र पुँजी पलायनले विप्रेषणमा धक्का «

हुण्डी र पुँजी पलायनले विप्रेषणमा धक्का

राजनीति स्थायित्वसँगै बनेको वामपन्थी सरकारले कर तथा व्यापारका सन्दर्भमा नीतिगत कडाइ गरेपछि विप्रेषण आप्रवाह घट्न थालेको छ । सरकारको नीतिगत कडाइले अनौपचारिक अर्थतन्त्र हावी हुँदा रेमिट्यान्स आप्रवाह घटेको हो । राजनीति स्थायित्वसँगै बनेको वामपन्थी सरकारले कर तथा व्यापारका सन्दर्भमा नीतिगत कडाइ गरेपछि विप्रेषण आप्रवाह घट्न थालेको छ । सरकारको नीतिगत कडाइले अनौपचारिक अर्थतन्त्र हावी हुँदा रेमिट्यान्स आप्रवाह घटेको हो । गत आर्थिक वर्षको तुलनामा सरकारले कर तथा व्यापारको सन्दर्भमा पारदर्शिता र नीति नियमको प्रभावकारी कार्यान्वयनको पहल गर्दै आएको छ ।
सरकारको यो कदमले रेमिट्यान्स घट्ने तथा स्वदेशी पुँजी बाहिरिन थालेको हो । सरकारले औपचारिक माध्यमहरूलाई कडाइ गर्न थालेपछि अर्थतन्त्रका अनौपचारिक माध्यमहरू सक्रिय हुँदा त्यसको असर रेमिट्यान्समा देखिएको हो । सामान्यतया रेमिट्यान्स घट्ने र बढ्ने विषयलाई औपचारिक र अनौपचारिक अर्थतन्त्रसँग जोडेर हेर्ने गरिएको छ । रेमिट्यान्स बढ्दा औपाचारिक अर्थतन्त्र बढ्ने र घट्दा अनौपचारिक अर्थतन्त्र हावी हुने विगतको अभ्यास हो । विगतमा सरकारले गैरकानुनी बाटोबाट हुने सुनको कारोबारलाई एक्सन लिँदा रेमिट्यान्सको आप्रवाह बढेको थियो । अहिले सुन तस्करी पुनः सुरु भएको हुनाले रेमिट्यान्स घटेको अनुमान विज्ञहरूको छ । पछिल्लो समयमा हुण्डीमार्फत कारोबार वढेपछि रेमिट्यान्स घट्न थालेको अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठले बताए ।
“विगतमा सरकारले हुण्डी कारोबारी र सुन तस्करलाइ कारबाही गर्दा रेमिट्यान्स वढेको थियो,” उनले भने, “अनौपचारिक क्षेत्रका व्यापारिक कारोबारहरू बढेको हुनाले रेमिट्यान्स घटेको हो ।” त्यसका साथै पँुजी पलायनमा पनि हुण्डीमार्फत कारोबार हुने उनको बुझाइ छ । नेपालका कतिपय मनिचेन्जर नै हुण्डीको कारोबार संलग्न रहने गरेको उनको आशंका छ । कर छल्नका लागि पनि व्यापारीले हुण्डीमार्फत कारोबार गर्ने भएकाले रेमिट्यान्स घटेको उनको तर्क छ । हुण्डी कारोबारीले पैसा ल्याउने मात्र नभै लैजाने पनि काम गर्ने भएकाले पुँजी पलायनको पनि उत्तिकै सम्भावना रहेको उनको विश्लेषण छ ।नेपालमको करिब ४० प्रतिशत अर्थतन्त्र अनौपचारिक रूपमा चल्ने गरेको सरकारी तथ्यांक नै छ । पछिल्लो समयमा ठुलो अनुपातमा रहेको अनौपचारिक अर्थतन्त्र हावी भएका कारण रेमिट्यान्स घटेको हुनसक्ने पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री बताउँछन । “गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालू आवमा प्रत्यक्ष वैदेशिक लगानी केही बढेको छ, त्यो पनि अपर त्रिशूलीका लगानीकर्ताले ल्याएको लगानी होला,” नेपालमा लगानीको वातावरण नभएको भन्दै लगानीकर्ताहरू विगतको लगानी पनि फिर्ता लगेको सुनिएको बताउदै क्षेत्रीले भने, “पछिल्ला दिनहरूमा आमीले निर्यात बढेको भनिरहँदै गर्दा पाम आयलको प्रशोधन भएर निर्यात भएको हो, भारतले हालको नीतिमा समान्य परिवर्तन गर्नेवित्तिकै निर्यात पनि घट्ने सम्भावना भएकाले कुनै एक वस्तुको प्रशोधन गरेर निर्यात गर्ने नभइ आन्तरिक उत्पादन बढाएर निर्यात बढाउनु आवश्यक छ ।” 
 औपचारिक रूपमा पुँजी पलायन भएको भन्ने सुनिएको बताउँदै क्षेत्रीले अनौपचारिक अर्थतन्त्र हावी भए पनि कसले कहाँबाट कमाउँछ र कहाँ खर्च गर्छ भन्ने नै थाहा नहुने तर्क गर्छन् । रेमिट्यान्सको सन्दर्भमा औपचारिक माध्यमबाट विदेशवा आएको पैसा लिन जान प-यो भने हुण्डीवालाले घरघरमै पु-याउने हुनाले पनि औपचारिक माध्यमबाट आएको रेमिट्यान्स घटेको हुनसक्ने उनको आशंका  छ । विदेश जाने नेपाली कामदारको संख्या नबढेको भए पनि रेमिट्यान्स आप्रवाह घट्नुपर्ने अवस्था हुँदैन । विदेशिने कामदारको संख्या कम हुँदा रेमिट्यान्स पनि थोरैले वढ्ने र कामदारको संख्या धेरै हुँदा रेमिट्यान्स पनि धेरैले बढ्नुपर्ने अवस्था रहन्छ ।
सम्पत्ति शुद्धीकरण तथा करको सन्दर्भमा सरकार कडा बन्दा पुँजी पलायन भएको हुनसक्ने अनुमान रहेको अर्थशास्त्री श्रेष्ठ बताउँछन् । गैरकानुनी रूपमा व्यापार गर्ने व्यापारी तथा हुण्डी कारोबारीलाई कारबाहीको दायरामा ल्याउन सकेको खण्डमा रेट्यिान्स घट्ने तथा पुँजी पलायन हुने समस्या न्यूनीकरण हुने श्रेष्ठको भनाइ छ । सरकारले कर तथा व्यापारका क्षेत्रमा आवश्यक नीति तथा नियमहरू ल्याउने क्रममा भएको हुनाले अहिलेको संक्रमणकालीन समयमा अनौपचारिक क्षेत्र हावी भएको श्रेष्ठको तर्क छ ।
   चालू आर्थिक वर्षका सुरुका चार महिनामा गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह नै घटेको हो । चालू आर्थिक वर्षको सुरुवातदेखि कात्तिकसम्ममा भने हरेक महिना रेमिट्यान्स आप्रवाह बढेको छ । तर, गत आर्थिक वर्षको तुलनामा साउन महिनामा २ प्रतिशतमात्र बढेको रेमिट्यान्स भदौ, असोज तथा कात्तिक महिनामा भने घटेको हो । तर, गत आर्थिक वर्षका सुरुका ४ महिनामा हरेक महिना अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशत भन्दा धेरैले रेमिट्यान्स आप्रबाह वढेको थियो । 

प्रतिक्रिया दिनुहोस्