Logo

साना व्यवसायी लक्षित टिकटकको कार्यशाला

काठमाडौं– नेपालमा साना र मझौला व्यवसायलाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले काठमाडौंमा कार्यशाला सम्पन्न गरेको छ ।

कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भन्ने बारेमा व्यवसायी, मार्केटर र उद्यमीहरूको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको थियो । कार्यशालामा सहभागीले ब्राण्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवालाई रचनात्मक रूपमा प्रदर्शन गर्न टिकटकका अद्वितीय सुविधाको लाभ कसरी उठाउने भन्ने बारे प्रशिक्षण दिइएको थियो ।

कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटक मार्फत् गर्न सकिने प्रवर्द्धनका विविध पक्षलाई समेट्ने शत्रहरूको श्रृंखला प्रस्तुत गरेको थियो । सहभागीलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्स, दर्शकको संलग्नताका लागि उत्तम अभ्यास र टिकटक अभियान प्रभावकारी बनाउने रणनीतिबारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्