रुकुम पश्चिम : विद्युत्मा फड्को «

रुकुम पश्चिम : विद्युत्मा फड्को

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ का ८५ वर्षिय नैनसिंह खड्कालाई रातको समयमा घरमा उज्यालो पार्न सल्लाको दियालो बालेर धेरै समय गुजार्नु प-यो । घरमा बत्ति बाल्न देखि कुनै लामो यात्रा गर्ने क्रममा समेत दियालो नै सहयात्री हुन्थ्यो । उनी मात्र होइन धेरैले यसरी नै संघर्ष गर्नुपरिरहेको थियो । खड्काको गाउँमा एक वर्ष अघि नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युत् सेवा पुग्दा उनलाई अचम्म लाग्यो । नयाँ संसारको अनुभूति भयो । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ का ८५ वर्षिय नैनसिंह खड्कालाई रातको समयमा घरमा उज्यालो पार्न सल्लाको दियालो बालेर धेरै समय गुजार्नु प-यो ।
घरमा बत्ति बाल्न देखि कुनै लामो यात्रा गर्ने क्रममा समेत दियालो नै सहयात्री हुन्थ्यो । उनी मात्र होइन धेरैले यसरी नै संघर्ष गर्नुपरिरहेको थियो । खड्काको गाउँमा एक वर्ष अघि नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युत् सेवा पुग्दा उनलाई अचम्म लाग्यो । नयाँ संसारको अनुभूति भयो । ‘हामीले त सुरुमा दियालो  र पछि मट्टितेलको टुकी बालेर रातमा उज्यालो बनाउँथ्यौं’, उनले भने, ‘हिजोआज त विद्युत् आएर घरघरमा उज्यालो भएको छ, हाम्रो महत्वपूर्ण जिन्दगी अन्धकारमा बितेपनि पछिल्ला सन्तानका लागि निकै सहज भएको छ, हामी पनि त भाग्यमानी रहेछौं मार्नेबेला भएपनि उज्यालो देख्न पायौं ।’ रुकुम पश्चिमका धेरै ठाउँठाउँमा पछिल्लो समय जिद्युत् बिस्तार भएसँगै धेरै जेष्ठ नागरिकका लागि आश्चार्य र खुशीको विषय पनि बनेको छ । एक दशकयताको रुकुमको विद्युत्को अवस्था हेर्ने हो भने निकै फड्को मारेको छ । रुकुम पश्चिमको पहिलो र ठूलो विद्युत् आयोजनाको रुपमा २०४५ सालतिर २ सय ५० किलोवाट क्षमताको स्यार्पु जलविद्युत् आयोजनाले बनेको थियो । लामो समय यहि विद्युत् आयोजनाबाट सदरमुकाम खलंगा र बाँफिकोट आसपासमा विद्युत् सञ्चालनमा रहेपनि जिल्लाको अधिकांश बस्तीहरु अध्याँरोमा थिए । तर शान्ति स्थापनाको एक दशकको अवस्थामा हेर्दा जिल्लामा दुई दर्जन बढी साना ठूला विद्युत् आयोजनाहरु सञ्चालनमा आउँदा जिल्लाले विद्युत् विकासमा ठूलो फड्को मारेको छ ।
प्राधिकरणका साढे आठ हजार ग्राहकजिल्लाभर नेपाल विद्युत् प्राधिकरणका साढे आठ हजार ग्राहक बिस्तार भएका छन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमका अनुसार कात्तिक महिनासम्म अध्यावधिक गरिएको ग्राहक संख्या ८ हजार ४ सय ८२ छ । कार्यालयका निमित्त प्रमुख होम विकका अनुसार प्राधिकरणमार्फत बाँकी ठाउँहरुमा पनि विद्युत् पु-याउन तीब्र गतिमा कामहरु भइरहेको छ । ‘आगामी दुई वर्षभित्र जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्ने योजना कार्यालयको छ’, निमित्त प्रमुख बिकले भने, ‘केन्द्रिय विद्युत् लाइनलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सबस्टेशन निर्माणको काम पनि भइरहेको छ ।’
कार्यालयका अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित धैरेनीचौर र बाँफिकोट गाउँपालिकाको भेराखेतमा सबस्टेशनको काम भइरहेको छ । सबस्टेशन निर्माण पछि लोभोल्टेजको समस्या समाधान सँगै जिल्लाका उत्पादन विद्युत्लाई केन्द्रिय प्रशारण लाइनमा जोड्न सहज हुने बताइएको छ । केन्द्रिय विद्युत् लाइनमार्फत जिल्लाको मुसिकोट नगरपालिकाको ८० प्रतिशतमा विद्युत् लाइन पुगेको र अन्य नगर तथा नगरपालिकामा पनि पु-याउने काम जारी रहेको कार्यालयको भनाई छ । 
यस्तो छ स्थानीय तहगत विद्युत् पहुँचको अवस्थारुकुम पश्चिममा ६ स्थानीय तह रहेका छन् । जसमध्ये जिल्ला सदरमुकाममा पर्ने भएका कारण पनि मुसिकोट नगरपालिकामा विद्युत्को पहुँच बढी छ । नगरपालिकाको १४ वटा वडा मध्ये १२ वटा वडामा विद्युत् पुगेको छ । यसमा केही वडा पूर्ण रुपमा विद्युत्को पहुँचमा छन् भने केहि वडा आंशिक रुपमा भएपनि विद्युत्को पहुँचमा छन् । बाँकी रहेका २ वटा वडामा पनि विद्युत् बिस्तारको काम तीब्र गतिमा रहेको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले जानकारी दिए । जसमा अधिकांश केन्द्रीय प्रशारण लाइनमा जोडिएको विद्युत् पुगेको छ भने केही ठाउँमा स्थानीय जलविद्युत् आयोजनामार्फत काम भइरहेको छ । त्यस्तै रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामाको पनि करिब ७५ प्रतिशत क्षेत्रमा विद्युत्को पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए ।
जिल्लाकै पहिलो विद्युत् आयोजना स्यार्पु जलविद्युत् आयोजना समेत सोही गाउँपालिकामा पर्ने भएका कारण सबै वडामा विद्युत् पुगेको छ । ‘केहि गाउँगाउँमा पु-याउन बाँकी रहेपनि वडागत हिसाबमा गाउँपालिकाका १० वटै वडामा विद्युत् पुगेको छ’ अध्यक्ष केसीले भने, ‘नपुगेका केही वडामा पनि आगामी २ वर्षभित्र पु-याउने योजना गाउँपालिकाको रहेको छ ।’ त्यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा करिब ४० प्रतिशत विद्युतीकरण भएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलका अनुसार गाउँपालिकाका १० वडामध्ये ८ वटा वडामा आंशिक रुपमा विद्युत्को पहुँच पुगेको छ । बाँकी ठाउँहरुमा विद्युत् पु-याउन काम जारी रहेको र आगामी एक वर्षभित्र सबै वडा र गाउँहरुमा विद्युत् पुग्ने उनको भनाई छ । त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पनि अधिकांश वडाहरुमा विद्युत्को पहुँच पुगेको छ । १४ वडा रहेको नगरपालिकाको १० वटा वडामा विद्युत्को पहुँच राम्रो रहेको नगरपालिकाले बताएको छ । केन्द्रिय विद्युत् लाइनमार्फत अधिकांश वडाहरुमा विद्युत् पुगेको र बाँकी वडाहरुमा पनि विद्युत् विस्तारको काम तीब्र गतिमा रहेको बताइएको छ । अन्य स्थानीय तहको तुलनामा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत् पहुँच कमजोर रहेपनि आगामी दसंैतिहारसम्म विद्युत्को पहुँच उलेख्य मात्रामा वृद्धि हुने नगर प्रमुख गोर्खबहादुर केसीले बताए ।
नगरपालिकामा विभिन्न साना जलविद्युत् आयोजनामार्फत १ सय ६० किलोवाट विद्युत् प्रयोगमा छ भने ६० मेगावाट विद्युत् उत्पादनको काम अन्तिम चरणमा पुगेको छ । स्थानीय विद्युत् उत्पादन र केन्द्रिय लाइन बिस्तार गरेर एक वर्षभित्र सबै वडामा आंशिक रुपमा भएपनि विद्युत्को पहुँच बिस्तार हुने नगर प्रमुख केसीको भनाई छ । त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका १० वडा मध्ये ६ वडा वडामा विद्युत्को पहुँच पुगेको छ । गाउँपालिकाका विभिन्न स्थानीय लद्यु जलविद्युत् आयोजनामार्फत १ सय १० किलोवाट भन्दा बढी विद्युत् उत्पादन भएको छ । 
८ मेगावटाको दुई ठूला आयोजना बन्दै रुकुम पश्चिमकै बाँफिकोटमा रहेको स्यार्पुतालबाट ३ मेगावाटको विद्युत् आयोजना निर्माणको तयारी समेत गरिएको छ । २ वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य रहेको उक्त आयोजना सम्पन्न भएमा रुकुम पश्चिमका सबै ठाउँमा विद्युत् पुगेर पनि राष्ट्रिय प्रशारण लाइनमा बेच्न सकिने बताइएको छ ।त्यस्तै रुकुम पूर्वमा जिल्लाकै सबैभन्दा ठूलो ५ मेगावाटको रुकुमगाड विद्युत् आयोजनाको काम पनि एक वर्षदेखि भइरहेको छ । उक्त आयोजना सम्पन्न भएमा रुकुम पूर्व र रुकुम पश्चिमका सबै ठाउँमा विद्युत्को काम पूरा भएर पनि राष्ट्रिय प्रशारण लाइनमा जोड्न सकिने छ । सिस्ने गाउँपालिका–५ देउराली ओडार नजिकै विद्युतगृह निर्माण गर्ने गरी त्यसका पूर्वाधार निर्माण थालिएको छ । सिस्ने गाउँपालिका ५ कै चोरखोलामा ड्याम निर्माण गरेर नहरलाई भूमे गाउँपालिका ४ हुँदै देउराली ओडारसम्म पु-याइने निर्माणको जिम्ममा लिएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जनाएको छ ।  कम्पनीले हाइड्रो पावरका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपूर्वका सबै काम सकिसकेको जनाएको छ ।
२ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको उक्त आयोजनाबाट साबिकको रुकुम तथा हालका रुकुमपूर्व र रुकुम पश्चिमलाई एक मेगावाट क्षमताले पुग्ने देखिन्छ भने रुकुमगाडबाट उत्पादन हुने अन्य विद्युत् अन्यत्र पठाइने सम्भावना धेरै रहेको बताइएको छ । रुकुम पूर्वमा रुकुमगाड जस्तो ठूलो विद्युत् आयोजना निर्माण हुनु जिल्लाबासी सँगै देशकै लागि खुशीको कुरा भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । उनका अनुसार विद्युत् उत्पादन भएपछि बत्ती नपुगेका रुकुम पूवकमा सबै गाउँमा विद्युत् बिस्तार  गरिने र बाँकी अन्यत्र पठाइने योजना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्