सिमेन्ट हब बन्दै दाङ

दाङको उत्तर दक्षिण पहाड चुनढुंगामय छन्। यहाँको चुनढुंगाले अहिलेका उद्योगलाई सयौं वर्ष सम्म धान्न सक्ने सर्भेले देखाएको छ । जिल्लामा रहेको एक उद्योगले प्रयोग गर्ने चुनढुंगा खानी कम्तीमा पनि ५ सय वर्षसम्म पुग्ने क्षेत्र रहेको सर्भेमा रहेका अधिकारीहरूले बताउने गरेका छन् । यसैले गर्दा पनि सिमेन्ट उद्योगहरूको रोजाइ मा दाङ पर्ने गरेको छ । त्यसै कारणले पनि दाङमा सिमेन्ट उद्योग स्थापना हुने क्रम बढिरहेको छ। उद्योग स्थापना मात्रै होइन, दर्ताको क्रम पनि त्यत्तिकै रहेको बताइएको छ।
दाङ पछिल्लो समय सिमेन्ट उद्योगको रोजाइको केन्द्र बन्दै गएको छ । एक दशक अघिसम्म कुनै समय औद्योगिक विकासमा पछि रहेको दाङ अहिले सिमेन्ट उत्पादनको केन्द्र वन्न थालेको हो। जिल्लाको पहाडी भेगमा रहेको चुुनढुंगा खानीलाई मुख्य केन्द्र बनाउँदै जिल्लाको तराई क्षेत्रमा सानाठूला सिमेन्ट उद्योग खेल्ने क्रम बढिरहेको छ। यसले दाङलाई सिमेन्ट उद्योगको सहरका रूपमा समेत चिनाउन थालेको छ । विं सं २०६५ सालदेखि दाङमा सिमेन्ट उद्योग खुल्न थालेका हुन्। ११ वर्षको अवधिमै सात सिमेन्ट उद्योग सञ्चालनमा आइसकेका छन्। यीमध्ये केहीले उत्पादनसमेत थालिसकेका छन् । भने केही तयारीमा छन्।
जिल्लामा स्थापित घोराही सिमेन्ट, सोनापुर सिमेन्ट र सम्राट सिमेन्ट उद्योगले आफ्ना उत्पादन केही वर्षअघिदेखि नै बजारमा ल्याइसेका छन्। दाङलाई आधार बनाएको तर पूर्वाधार अर्घाखाँचीमा स्थापना भएको शुभ श्री अग्नि सिमेन्टले पनि आफ्नो उत्पादन बजारमा ल्याइसकेको जानकारी दिएको बताएका छन् । रोल्पा सिमेन्टले पनि उत्पादन बजारमा ल्याएको छ। जिल्लामा स्थापित दाङ सिमेन्ट उद्योग, अरनिको आँबुखैरेनी सिमेन्ट उद्योग भने सञ्चालनमा आउन सकेका छैनन्।
जिल्लामा सञ्चालित सिमेन्ट उद्योगले जिल्लालाई सिमेन्टमा आत्मनिर्भरसमेत बनाएका छन्। जिल्लामा आफ्नो उत्पादन गरिरहेका उद्योगले पनि स्थापनाको तुलनामा उत्पादनसमेत बढाएका छन् । त्यसैगरेरउद्योगहरूले लगानीसमेत वृद्धि गर्दै लगेका छन् । उद्योगहरूले आधुनिक प्रविधिको प्रयोग गरेको समेत दाबी गर्दै आएका छन् । उद्योगमा जिल्लावासीहरूले रोजगारसमेत प्राप्त गरेका छन् । तराईमा उद्योग स्थापना गर्ने सहजसमेत छैन । उद्योग स्थापनाका लागि सडक, तथा विद्युत, पानीको समेत सहजता रहेको बताइएको छ ।
चुनढुंगाको सहजता
दाङको उत्तर दक्षिण पहाड चुनढुंगामय छन्। यहाँको चुनढुंगाले अहिलेका उद्योगलाई सयौं वर्ष सम्म धान्न सक्ने सर्भेले देखाएको छ । जिल्लामा रहेको एक उद्योगले प्रयोग गर्ने चुनढुंगा खानी कम्तीमा पनि ५ सय वर्षसम्म पुग्ने क्षेत्र रहेको सर्भेमा रहेका अधिकारीहरूले बताउने गरेका छन् । यसैले गर्दा पनि सिमेन्ट उद्योगहरूको रोजाइ मा दाङ पर्ने गरेको छ । त्यसै कारणले पनि दाङमा सिमेन्ट उद्योग स्थापना हुने क्रम बढिरहेको छ। उद्योग स्थापना मात्रै होइन, दर्ताको क्रम पनि त्यत्तिकै रहेको बताइएको छ।
आयात घट्यो
जिल्लामा सिमेन्ट उद्योग बढ्दै गएपछि सिमेन्ट आयात घटेको छ। जिल्ला सिमेन्टमा आत्मनिर्भर भएको र यहाँ उत्पादित सिमेन्ट अन्य जिल्लामा निकासी भइरहेको उद्योगले बताएका छन्। उद्योग सञ्चालकहरूले उद्योग सञ्चालनमा सरकारी पूर्वाधार पूरा नहुँदा केही समस्या भएकोसमेत बताउँदै आएका छन् ।
बिजुली र खानीसम्मको सडक नहुँदा उद्योग सञ्चालनमा केही समस्या आएको उद्योगले कठिनाइ भाग्नुपरेको उनीहरूको भनाइ छ। लगानी बढे पनि वातावरण अझै सहज र सरल बन्न नसकेको सचालकहरूको गुनासो छ।
आर्थिक सबलीकरण
जिल्लामा धमाधम ठूला उद्योग सञ्चालन हुन थाले पनि जिल्लाको आर्थिक सबलीकरण पनि बढ्दो छ। सामान्य र साना उद्योगले मात्रै टिकेको दाङ अहिले सिमेन्ट उद्योगले भरिभराउ छ। सिमेन्टकै लागि बाहिरिने अर्बौं रकम जिल्लामै छ। दाङ आर्थिक सबलीकरणतर्फ गइरहेको जिल्लाका व्यवसायीहरूले बताउँछन् । जिल्लामा पछिल्लो समय ठूला उद्योगहरू स्थापना हुने क्रम बढेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए ।
उद्योग छरिएर रहे पनि अब औद्योगिक क्षेत्रको स्थापना हुन थालेकाले अभैm बलियो बन्ने उनको भनाइ छ। उद्योग कलकारखाना र व्यवसायले अर्थतन्त्रमा टेवा पु-याइरहेको आर्थिक क्षेत्रका जानकारहरू बताउछन् । “आर्थिक रूपमा सम्पन्न बन्न उद्योग व्यवसाय सञ्चालन अत्यावश्यक हुन्छ,” भुसालले भने ‘अब त्यस्तो वातावरण बन्दै छ। जिल्ला पनि आर्थिक रूपमा बलियो बन्दै छ’ ।
औद्योगिक केन्द्र
जति बेला देशमा युद्ध चलिरहेको थियो, त्यति बेलासम्म जिल्लामा कुनै पनि उद्योग, कलकारखाना सञ्चालनमा आउन सकेनन्। पहिलेदेखि सञ्चालित केही साना उद्योगसमेत बन्द हुने अवस्थामा रहे। जसले दाङ औद्योगिक विकासमा पछि प-यो। देशमा शान्तिप्रक्रिया सुरु भएसँगै जिल्लामा ठूला तथा साना उद्योग स्थापना हुन थाले । जसले दाङलाई औद्योगिक क्षेत्रका रूपमा अगाडि बढाएको छ । २०६५ सालपछि जिल्लालाई चिनाउने एउटा माध्यम औद्योगिक क्षेत्र पनि बनेको छ।जिल्लामा १४ हजार ४ सय २१ वटा साना तथा ठूला उद्योगहरू छन् । नेपालमा पहिलो पटक गरिएको राष्ट्रिय गणनाले तथ्याङ देखाएको छ । यसरी रहेका उद्योग मध्ये जस मध्ये सवै भन्दा वढी घोराहीमा र सवै भन्दा कम राजपुर गाउँपालिकामा रहेको उनको भनाइ छ । घोराहीमा रहेका ५ हजार २ सय १९ उद्योग छन् । तुल्सीपुर उपमहानगरपालिकामा ३ हजार ६ सय ८८ वटा उद्योग रहेका छन लमही नगरपालिकामा १ हजार ३ सय ४३ वटा उद्योग छन् । त्यसैगरेर वंगलाचुली गाउँपालिकामा ३ सय ८७ वटा उद्योग छन् । शान्तिनगर गाउँपालिकामा ४ सय ७४ उद्योग छन् । बबई गाउँपालिकामा ५ सय ४ वटा उद्योगहरू रहेका छन् । दगीशरण गाऊपालिकामा ३ सय ६० वटा उद्योग रहेका छन् । यसैगरेर राप्ती गाऊपालिकामा १ हजार २ सय १८ वटा उद्योग छन् । गढवा गाउँपालिकामा ९ सय ५ वटा उद्योग छन् ।
राजपुर गाऊपालिकामा ३ सय २३ वटा उद्योग छन् । जिल्लामा पछिल्लो समय उद्योग तथा कलकारखाना स्थापना हुने क्रम बढेको समेत तथ्याङकले देखाएको छ । वि सं २०७० सालदेखि २०७५ साल जेठसम्म ९ हजार १ सय ५९ वटा थपिएका हुन । जिल्लामा वि सं २०६० सालदेखि २०६९ साल सम्म ३ हजार ६ सय ९७ वटा थपिएका थिए । त्यसैगरेर वि सं २०६० भन्दा अघि १ हजार ३ सय ५४ वटा स्थापना भएका थिए । भने सञ्चालन मिती नै थाहा नभएका २ सय ११ वटा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
औद्योगिक वातावरणले बढ्यो सहरीकरण
जिल्ला सिमेन्टको हब बन्दै गर्दा त्यसको प्रभाव सहरीकरणको विस्तारमा पनि देखिएको छ। औद्योगिक क्षेत्रमा अहिले सानाठूला सहर स्थापना भएका छन्।
जिल्लामा पुराना र नयाँ सहरको विस्तार बढिरहेको छ। तुलसीपुर, घोराही, लमहीमा आवादी बढेको छ। नारायणपुर, भालुवाङ, बिजौरी, दूधरास, गोग्ली, हापुरे र गढवा उदाउँदो सरहका रूपमा अघि बढ्दै छन्। अहिले यस क्षेत्रमा बजार वृद्धि हुनुका साथै आर्थिक चहल पहल समेत वृद्धि भएको पाइएको छ ।
मानव बस्ती तथा राजमार्ग नजिकै सिमेन्ट उद्योग
जिल्लामा स्थापना भएका उद्योगहरू मानव बस्ती तथा राजमार्ग नजिकै स्थापना भएका छन् । यसले गर्दा नागरिकको स्वास्थ्यमा समेत प्रभाव पार्ने गरेको स्थानीय बासिन्दाहरूले बताउने गरेका छन् । उद्योग नजिकै रहेका नागरिकहरूले आफूहरू धुलो, धुवाँले वस्न नसकेको बताउने गरेका छन् । सिमेन्ट उद्योगबाट निस्केको धुलो धुवाले गर्दा आफुहरू बिरामी परेको बताउँदै आएका छन् । यसैले गर्दा समय समयमा स्थानिय वासीन्दाहरूले उद्योगका विरुद्ध आन्दोलन समेत गदै आएका छन् । उद्योग मानव बस्ती तथा राजमार्गभन्दा टाढा स्थापना हुनु पर्ने उनीहरूको भनाइे छ ।
प्रदेशसरकारले औद्योगिक क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने
प्रदेश नं ५ सरकारले औद्योगिक लगानी प्रवद्र्धन गर्ने जनाएको छ । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७६÷०७७ को नीति कार्यक्रममा यस्तो उल्लेख गरेको छ । निती कार्यक्रममा प्रदेशमा औद्योगिक लगानी प्रवद्र्धन गर्न लगानी सम्मेलन आयोजना गर्ने, प्रदेशमा औद्योगिक क्षेत्र, औद्योगिक करिडोर, औद्योगिक ग्राम स्थापना गर्ने आवस्यक पहल गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । त्यसै गरेर एक स्थानीय तह एक औद्योगिक उत्पादन कार्यक्रम लाइ प्राथमिकता दिएको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत उद्योग शाखाले प्रदेशमा उद्योगहरूका अवस्थाका वारेमा अध्ययन समेत थालेको जनाएको छ । उद्योग शाखाका अधिकृत गणेश घिमिरेका अनुसार प्रदेशमा रहेका उद्योगका अवस्थाका वारेमा अध्ययन थालिएको हो । अध्ययन आउदो वैशाख÷जेठसम्म सकिने भएको छ । “अध्ययनपछि प्रदेशमा के कस्ता उद्योगहरू आवश्यक पर्ने हो त्यसैअनुसार अगाडि बढिनेछ,” घिमिरेले भने । प्रदेश सरकारले लघु तथा घरेलु तथा साना उद्योगहरूको दर्ता तथा प्रोत्साहन गर्ने गरिरहेको मन्त्रालयले जनाएको छ । ठुला उद्योगहरूसंघीय सरकारमा नै दर्ता भएर सञ्चालनमा आउने गरेका छन् । अहिले ५ लाख सम्म लगानी गरेर सञ्चालन हुने उद्योगहरू स्थानिय सरकारमा दर्ता भएर सञ्चालनमा हुने व्यवस्था छ ।