गुहेश्वरी मर्चेन्टको सहयोग
काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सत्प्रयास सिद्धि सेवाश्रमलाई नगद सहयोग प्रदान गरेको छ ।
फाइनान्सले हालै गएको बाढी पहिरोले पुर्याएको क्षतिका सन्दर्भ काठमाडौं महानगरपालिका–१२ टेकु पचलीघाटमा अवस्थित बाढी पहिरो प्रभावित सत्प्रयास सिद्धि सेवाश्रमलाई सहयोग गरेको हो । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो नगद रकम सहयोग गरेको जनाएको छ ।
नगद सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग पनि उपस्थित थिए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगतदेखि नै सामाजिक काममा सहकार्य गर्दै आएकोे र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने संस्थाले प्रतिवद्धता जनाएको छ ।