Logo

बाढी पहिरो पीडितलाई एनसेल फाउन्डेसनको सहयोग

काठमाडौं– एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढी पहिरो पीडित परिवारलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ ।

फाउन्डेसनले गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका पाँच वटा वडाका करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ । ‘संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो’ एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्, ‘हामी सबै एक ठूलो परिवारको रूपमा कनेक्टेड छौं ।’

राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाकुडाहरु, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरु रहेका छन् । नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीले प्रभावित वडामा पुगेर पीडित परिवारका उपस्थित सदस्यलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीचको यो साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढीपहिरो पीडितका लागि ठूलो सहयोग सावित भएको छ । स्थानीय निकायले यो सहकार्यले पीडितलाई ठूलो महत्त्व राखेको हुनाले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्