कृषिमन्त्रीसँग खाद्य व्यवसायीको भेट «

कृषिमन्त्रीसँग खाद्य व्यवसायीको भेट

नेपाल चामल, तेल, दाल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोधकुमार गुप्ताले कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालसँग उनकै कार्यकक्षमा भेटघाट गर्दै मुलुकका ७४–७५ प्रतिशत जनताको मुख्य पेसाका रूपमा रहेको कृषि क्षेत्रको प्रबद्र्धन र विकास सोचेअनुरुप हुन नसकेको बताए । कृषिको आधुनिकीकरण र कृषिको उत्पादकत्व वृद्धिका लागि किसानहरूका साझा समस्याका रूपमा रहेको उन्नत जातको बीउबिजन, सिँचाइ र कृषि उत्पादनलाई बजारसम्म सहज पु-याउन पूर्वाधारको आवश्यकता टड्कारो रूपमा रहेकातर्फ कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाललाई अवगत गराए ।
त्यसैगरी अध्यक्ष गुप्ताले कन्ट्रयाक्ट फार्मिङको प्रावधान र ठूल–ठूला कृषिमण्डीहरूको व्यवस्था राज्यको तर्फबाटै निर्माण हुनुपर्ने बताए ।
उनले नेपालमा मसिनो चामलको माग अत्याधिक बढिरहेको बताउँदै गत आर्थिक वर्षमा मात्र २२ अर्ब ८० करोडको चामल आयत भएको बताए । छिमेकी देश भारतबाट सबैभन्दा बढी चामल आयात हुने गरेको कुरा उजागर गर्दै खुला सिमानाका कारण अबैध तबरबाट आयात भएको चामल कति आयात भइरहेको छ कसैले पनि यकिन हुन नसकेको बताए ।
यसरी आयात भएका चामलहरू आयातकर्ताले नेपाली ब्रान्डका रूपमा पनि बिक्री गर्ने गरेको पाइन्छ । नेपालमा लगभग ५० प्रतिशतभन्दा बढीे बजार भारतीय चामलले ओगटेको पाइन्छ । सन् १९८१ सम्म ५४ हजार टन धान निकासी गर्ने नेपालले अहिले आयातमा निर्भर पर्नुपर्ने अवस्था आउन थालेको बताए । उनले मुलुकमा अत्याधिक मात्रामा चामल आयात भएको कारण स्वदेशी चामल उद्योगहरू धारासायी भएको कुरा बताउँदै चामल उद्योगहरूलाई संरक्षण गर्न चामल आयातमा १५ प्रतिशत महसुल लगाउन सुझाव दिए ।
सोही क्रममा अध्यक्ष गुप्ताले गत वर्षसम्म तोरी तेलमा ४० प्रतिशत मुअकर छुट सुविधा दिई सरकारले उद्योग संरक्षण गर्दै आएकोमा मुअकर सुविधा हटाइएबाट स्वदेशी तोरी तेल उद्योग संकटमा रहेको बताए । मुसुरो दाल निकासी गर्दा दिँदै आएको अनुदान हटाइएकोमा दाल उद्योगहरू मर्कामा परेकाले कृषिमा आधारित दालमा पनि ५ प्रतिशत अनुदान दिन सकेमा निकासीमा सहज हुने र उत्पादन वृद्धि हुने बताए ।
कृषि तथा पशुपन्छी विकासमन्त्री भुसालले संघका अध्यक्ष गुप्ताबाट प्रस्तुत मुद्दाहरूप्रति आपूm सकारात्मक रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्