क्यान इन्फोटेकको २६ औं संस्करण फागुन पहिलो साता «

क्यान इन्फोटेकको २६ औं संस्करण फागुन पहिलो साता

क्यान महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी फागुन २ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेकको २६ औं संस्करण गर्न लागेको जानकारी दिएको हो । क्यान महासंघले सूचना तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले इन्फोटेक गर्न लागिएको जानकारी दिएको छ ।
यो संस्करणमा महासंघले उपत्यका बाहिर ८ स्थानमा समेत इन्फोटेक आयोजना गर्न लागिएको जनाएको छ । प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को वीरगन्ज, प्रदेश नं ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल र नेपालगञ्ज, कणर्ली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय तथा प्रदेश नं ५ को नेपालगन्जमा प्रदेश स्तरीय प्रदर्शनी आयोजना गर्न लागिएको महासंघका महासचिव नारायण थापाले जानकारी दिए ।
इन्फोटेकमा ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिइने महासंघले जनाएको छ । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा तालिम प्रदायक संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ । यस्तै, प्रदर्शनीमा व्यावसायिक व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्न साथै सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्