सिभिल बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता «

सिभिल बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

सिभिल बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंक काकर्मचारीहरूको कार्यदक्षता विकासकालागि विभिन्न तालिमहरू उपलब्ध गराउने बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंक लिकातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुखकार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ । सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुबिधामा विशेष ध्यान दिँंदै दक्षजनशक्तिद्वारा ग्राहकसेवालाई चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्