अस्पतालले दियो साढे ८ करोड क्षतिपूर्ति «

अस्पतालले दियो साढे ८ करोड क्षतिपूर्ति

लन्डन-बेलायतमा एक महिला अस्पतालको गल्तीले आमा बन्न नसक्ने भएकी छन् । अब उनलाई सरोगेसीबाट आमा बन्नका लागि अस्पतालले साढे ८ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । महिलाले पुनरावेदन अदालतबाट मुद्दा जितिसकेकी छन् । यसपछि यो मुद्दा सर्वोच्च अदालत पुगिसकेको छ । बेलायतमा कैयौं किसिमका बन्देजका कारण महिला अमेरिकाको क्यालिफोर्नियामा सरोगेसी प्रविधिको माध्यमबाट चार बच्चाको आमा बन्न चाहन्छिन् ।
यसका लागि उनले भिटिङटन अस्पतालबाट मुआब्जाको माग गरेकी छन् । अस्पतालको लापरवाहीका कारण उनी ४ वर्षसम्म क्यान्सरको सुरुवाती लक्षण फेला पर्न सकेको थिएन । उपचारमा ढिलाइ गरेकै कारण शल्यक्रियाको सट्टा रेडियो किमोथेरापी गर्न बाध्य भएकाले उनी आमा नै बन्न नसक्ने अवस्थामा पुगेकी हुन् ।
विशेषज्ञका अनुसार सरोगेसी प्रविधिमा यस किसिमको विवाद निक्लिएको यो पहिलो घटना हो । यस्तो अवस्थामा विश्वभरिका चिकित्सा विज्ञहरूको ध्यान सर्वोच्च अदालततर्फ गएको छ । भविष्यमा यस किसिमको विवादमा पनि यो पैmसला एक नजिरका रूपमा बस्न सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्