राष्ट्रिय वाणिज्य बैंकको सहयोग «

राष्ट्रिय वाणिज्य बैंकको सहयोग

राष्ट्रिय वाणिज्य बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी अस्पताल, काठामाडौंमा निर्मित रक्त सञ्चार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे ।
राष्ट्रिय वाणिज्य बैंकको ४० लाख रुपैयाँ सहयोगमा रक्तसञ्चार केन्द्र निर्माण भए बापतको चेक रकम बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सो समारोह हस्तान्तरण गरे ।
सो समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानवता सम्बन्धि पुनित कार्यमा राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीलाई आधुनिक बैंकिङ सेवा दिन बैंक सधैँ तत्पर रहेको र आवश्यक भएमा बैंकले नयाँ क्षेत्रमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्