प्रधानमन्त्री दैवी कोषमा एनएमबि बैंकको ५१ लाख
काठमाडौं– एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । सो सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकका उच्च पदाधिकारीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।
बाढी पहिरोबाट प्रभावित समुदायलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता रहेको बैंकको भनाइ छ ।