अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण «

अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण

नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत -याण्डी बेरीले बलाधिकृत रथी शरदकुमार गिरीलाइ विमान हस्तान्तरण गरे ।
छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको विमान नेपालको भूूगोलका लागि उपयुुक्त मानिन्छन् । नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी विमानबाट महत्वपूूर्ण योगदान पुुग्ने सेनाले विस्वास लिएको छ । अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो सबैभन्दा ठूलो सुुरक्षा अनुुदान हो ।
दुुई हजार ३०० केजी भारवहन क्षमताका यी विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ । निकै शक्तिशाली इञ्जिन जडान भएका यी विमानले नेपालको मनाङमा पनि उडान भर्न सक्नेछन् ।
चालक दलका तीन सदस्यसहित १८ जना यात्रु क्षमताका यी विमान विपद्मा चिकित्सक टोली र राहत सामग्री ओसारपसार, प्याराजम्प, ठूूला खाले दुुर्घटनामा घाइते उद्धार र कहिलेकाहीँ विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गरिने नेपाली सेनाले जानकारी दिएको छ । दुुर्गम क्षेत्रमा अत्यावश्यक सामान ढुवानीका लागि पनि यी विमान प्रयोग गरिने बताइएको छ । यी दुुई विमानको मूूल्य करिब एक करोड ५० लाख अमेरिकी डलर रहेको जानकारी दिइएको छ ।
विमानका लागि आवश्यक अतिरिक्त पाटपुुर्जा, विमान चालक तथा मर्मतसम्भार तालिम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजीकरणलगायतको सहयोग पनि अनुुदानमा समावेश रहेको अमेरिकी दूूतावासले जनाएको छ । यी दुुई विमान आएसँगै नेपाली सेनासँग अब साना र मध्यमखाले गरी सात वटा विमान र १५ हेलिकोप्टर भएका छन् ।
समारोहमा प्रधानसेनापति पूूर्णचन्द्र थापाले अमेरिकी सरकारका तर्फबाट नेपाली सेनालाई उपलब्ध हुँदै आएको तालिम र यस प्रकारका सहायताले दुुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पुुगेको बताए । राजदूूत बेरीले नेपालको आवश्यकताअनुुसार मानवीय सहायताअन्तर्गत विपद् व्यवस्थापनका लागि सहयोग पुु¥याउने हेतुले उपलब्ध गराइएको विमान दुुई देशबीच सम्बन्ध सेतुुका रुपमा रहने विश्वास व्यक्त गरे ।
नेपाली सेना हवाई महानिर्देशनालयका सहायक रथी घनेन्द्रबहादुर शाहले नेपाल–अमेरिकी सम्बन्धको विस्तारमा विमानसम्बन्धी सहयोग कोशेढुङ्गा सावित भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्