Logo

विस्टाको कोषाध्यक्ष बने क्यान महासंघका अध्यक्ष पोद्दार

काठमाडौं- कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजितकुमार पोद्दार वर्ल्ड इन्नोभेशन, टेक्नोलोजी एण्ड सर्भिसेज अलायन्स (विस्टा) को कोषाध्यक्ष बनेका छन् ।

पोद्दार विश्वका ८० वटा सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्टिय संस्था विस्टाको कोषाध्यक्षमा नियुक्त भएका हुन् ।

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जीवी अधिकारीका अनुसार विस्टाले विश्वभरि सूचना प्रविधिका क्षेत्रमा भएका नवीनतम् प्रयोग र विकासबारे संसारलाई जानकारी गराउने काम गर्दछ । साथै नयाँ-नयाँ प्रविधिका बारेमा खोज अनुसन्धानमा संलग्न हुने र त्यसका लागि विश्व समुदायलाई साथ र सहयोग गर्ने काम पनि यो संगठनले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्