ज्योति विकास बैंकद्वारा टिचफर नेपालसँग सहकार्य «

ज्योति विकास बैंकद्वारा टिचफर नेपालसँग सहकार्य

ज्योति विकास बैंकले टिच फर नेपालसँग सोमबार ५ लाख रुपैयाँबराबरको आर्थिक सहायतासहितको सहकार्य गर्ने सहमति गरेको छ । बैंकले समाजिक उत्तरदायित्वका लागि सिर्जना गरेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत टिच फर नेपाललाई ग्रामीण क्षेत्रका सामुदायिक र सरकारी विद्यालयहरूमा विभिन्न विषयहरूको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोगको साथै बैंकले टिच फर नेपालको सहयोगमा बेलाबखत आफ्नो दक्ष कर्मचारीहरूलाई ती विद्यालयहरूमा स्वयंसेवकका रूपमा पठाउने पनि प्रतिबद्धता गरेको छ ।
ज्योति विकास बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । टिच फर नेपालले हालसम्म विभिन्न ६ जिल्लाका ६५ वटा विद्यालयमा ३ सयभन्दा बढी स्वयंसेवक शिक्षकहरू पठाइ ३० हजारभन्दा बढी विद्यार्थीहरूलाई विज्ञान, गणित, अंग्रेजीलगायतका विषयहरू पढाउँदै आएको छ ।
दुर्गमक्षेत्रमा पनि गुणस्तरीय शिक्षाका लागि योगदान पु-याइरहेको टिच फर नेपाललाई ज्योति विकास बैंकले सहयोग गरेको छ । समाजमा प्रभावकारी योगदान पु-¥याउने हेतुले स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्