रियलमीको दशैं तिहार अफर

काठमाडौं– स्मार्टफोन ब्राण्ड रियलमीले ‘बडा दशैं, तिहारको बडा अफर’ योजना सुरु गरेको छ । विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकका लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ । योजनाअन्तर्गत एक जना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् ।
बम्पर उपहार स्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् । हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सी ६३ पाउन सक्नेछन् भने दैनिक १० जना विजेताले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याक जित्ने अवसर प्राप्त गर्नेछन् । रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले चाडपर्वको रमाइलोलाई अझ प्रभावकारी बनाउन नयाँ योजना ल्याएको बताए ।