नेप्सेमा झिनो सुधार «

नेप्सेमा झिनो सुधार

धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ विन्दुले ओरालो लागेको छ । नेप्से सामान्य बढे पनि कारोबार रकम भने औसतमा रहेको छ । कुल १ सय ६७ कम्पनीको ८ लाख ४० हजार ६ सय ७७ कित्ता सेयर २७ करोड ९२ लाख ४४ हजार १ सय ३५ रुपैयाँमा खरिद बिक्री भए ।
कारोबार भएका कुल १२ उपसमूहमध्ये मंगलबार ४ उपसमूहको सेयर ओरालो लाग्दा ८ उपसमूहको सेयर भने बढेको छ । बैंकिङ १.५९, होटल १२.७५, वित्त ०.२५, उत्पादन ४.७५ विन्दुले घटेको छ । यस्तै व्यापार १५.८४, विकास बैंक ५.०३, जलविद्युत् ०.२९, निर्जीवन बिमा ३८.७५, अन्य २.२९, लघुवित्त ९.८८, जीवन बिमा ४६.५८ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ ।
कारोबारका आधारमा मंगलबार एनएमबी बैंक शीर्ष स्थानमा छ । सो बैंकको ३ करोड ४६ लाख २८ हजार ६ सय ४३ रुपैयाँबराबरको कारोवार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १ करोड ५० लाख ७४ हजार रुपैयाँ, डिप्रोक्स लघुवित्त वित्तीय संस्था १ करोड २२ लाख २४ हजार ५ सय ९४रुपैयाँ, नेपाल बैंक लिमिटेड १ करोड १४ लाख रुपैयाँ, एनआईसी एसिया बैंक १ करोड ४१ हजार रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार कारोबारका आधारमा मंगलबार नेपाल फाइनान्स कम्पनीका सेयरधनीले ९.६८ प्रतिशतले कमाउँदा आँधीखोला लघुवित्त वित्तीय संस्था ६.९२, स्पर्श लघुवित्त वित्तीय संस्था ५.०३, आशा लघुवित्त वित्तीय संस्था ४.२२, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४.१८ र साल्ट टे«डिङ कर्पोरेसनका लगानीकर्ताले ३.९१ प्रतिशतले कमाएका छन् ।
यस्तै दिव्यश्वरी हाइड्रोपावर ६.८९, नेपाल सेवा लघुवित्त ५.६८, आँखु खोला जलविद्युत् कम्पनी ४.८३, हिमालयन पावर पार्टनर ४.१९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.७५ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३.५७ प्रतिशतले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्