पूर्वसभासद् ढुंगेलको निधन «

पूर्वसभासद् ढुंगेलको निधन

पूर्वसभासद् रामेश्वर ढुंगेलको निधन भएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर–२ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका कांग्रेस नेता ढुंगेलको मंगलबार अपरान्ह निधन भएको हो ।
नेपाली कांग्रेसले संविधानसभाका पूर्व सदस्य, कांग्रेस महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति ढुंगेलको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु-याएको सक्रिय भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
‘स्वर्गीय ढुंगेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ। उहाँको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना व्यक्त गर्दछ,’ कांग्रेसले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्