Logo

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण

काठमाडौं– सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आफ्ना कर्मचारीको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

‘म्यानेजिङ सेल्फ एण्ड रिलेसनशिप’ शीर्षक रहेको कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेललगायतको सहभागिता थियो ।

नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कप्रशिक्षकले प्रदान गरेको प्रशिक्षण, कर्मचारीका लागि कार्यस्थलमा आफ्ना सहकर्मी र अन्य आन्तरिक तथा बाह्य व्यक्तिसँग सुमधुर सम्बन्ध कायम गरी उत्कृष्ट कार्यसम्पादन गर्ने र कार्य गर्नमा आफूमा के –कस्ता परिवर्तन ल्याउन आवश्यक पर्छ भन्ने विषयमा केन्द्रित रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणमा प्रदान गरिएको ज्ञान तथा सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्न, कर्मचारीबीच सुमधुर सम्बन्ध कायम राख्न, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्नुका साथै कर्मचारीको कार्यदक्षता वृद्धि तथा विकास हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्