Logo

सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेसबीच सम्झौता

काठमाडौं– सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट चितवनबीच छुट दिनेबारे सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले (विशेष गरी सिद्धार्थ जेन जेड खाता भएका ग्राहकले गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ

सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरि गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्