Logo

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रायमाझी

काठमाडौं– नेपाल मर्चेन्ट बैंकर्स संघले रामेन्द्र रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा मनिष नारायण जोशी निर्वाचित भएका छन् भने महासचिवमा निर्मल भट्टराई रहेका छन् ।

७ सदस्यीय कार्यसमितिमा शिभान्तराज पाण्डे कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा सन्दिप कार्की, पुष्प शर्मा र लेखनाथ पोखरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्