नेस्ले इन्डियाद्वारा नेपालमा ‘सर्भ सेफ फुड’ प्रोजेक्ट सुरु «

नेस्ले इन्डियाद्वारा नेपालमा ‘सर्भ सेफ फुड’ प्रोजेक्ट सुरु

नेस्ले इन्डियाले नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेसनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा नेपालमा सर्भ सेफ फुड प्रोजेक्ट सुरु गरेको छ । यो प्रोजेक्टअन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छतासम्बन्धी करिब ५०० स्ट्रीट फुड विक्रेताहरूलाई तालिम दिइनेछ । यो परियोजनालाई सर्वप्रथम भारतमा सन् २०१६ मा सञ्चालनमा गरिएको थियो जहाँ ४ वर्षको अवधिमा २० हजार स्ट्रीट फुड विक्रेताहरूलाई १७ वटा स्थानमा तालिम दिइएको थियो ।
प्रोजेक्ट सर्भ सेफ फुड स्ट्रीट फुड विक्रेताहरूलाई स्वस्थ, स्वच्छ, सुरक्षित खाना ह्यान्डलिंग, फोहोर व्यवस्थापन र उद्यमशीलता शिक्षा र प्रशिक्षणमा केन्द्रित छ । यी तालिमहरूले स्ट्रीट फुड विक्रेताहरूलाई डिस्पोजेबल ग्लोभ प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा ध्यान राख्न सिकाउछ जसले खाद्यजन्य रोगहरूबाट संरक्षण गर्दछ ।
यो अवसरमा बोल्दै नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागकी महानिर्देशक डा. माटीना जोशीले भनिन्, “सफा, सुरक्षित र स्वच्छ खाना मानिसहरूका लागि निकै महत्वपूर्ण छ । हाम्रा स्ट्रीट फूड विक्रेताहरूले उपभोक्ताहरूलाई सुरक्षित खाना वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । त्यसकारण ज्ञान र सीपका साथ स्ट्रीट फुड विक्रेताहरूलाई सशक्तिकरण गरे खाद्य सुरक्षाको प्रतिबद्धतामा लामो यात्रा तय गर्नेछौं ।”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले भने, “नेपाल एक लोकप्रिय पर्यटन गन्तव्य हो र स्ट्रीट फुड वितरण स्थानीयहरूका लागि रोजगारीको एक महत्वपूर्ण स्रोत हो । यस क्षेत्रमा पर्यटक प्रबद्र्धनका लागि संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० को परिप्रेक्षमा नेस्ले इन्डियाले स्ट्रीट फुड विक्रेताहरूको क्षमता वृद्धिका लागि गरेको पहल एकदम महत्वपूर्ण भएको छ । म विश्वस्त छु कि सर्भ सेफ फुड परियोजनाले नेपालको खाद्यान्न सुरक्षा पूर्वाधारको विकास र सुदृढीकरणमा सहयोग पु-याउनेछ ।”
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंहले भने, “स्ट्रीट फुड विक्रेताहरूलाई निपूर्ण बनाउने महत्वपूर्ण पहल हामी नेपालमा सुरु गरिरहेका छौं । यसले स्ट्रीट फूड विक्रेताहरूलाई खाद्य सुरक्षा र स्वच्छताका बारेमा सिक्न सक्षम बनाउँछ । नेस्ले इन्डियाले नेपालमा सर्भ सेफ फुड प्रोजेक्ट सुरु गरिरहँदा हामी निकै उत्साहित छौं ।”
नेस्ले इन्डियाका कर्पोरेट अफेयर्सका निर्देशक सञ्जय खजुरियाले भने, “नेस्लेको गुणस्तर जीवनको वृद्धि र स्वस्थ भविष्यका लागि योगदान पु¥याउने उद्देश्यका साथ नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेसनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फुड परियोजना सुरु गर्न पाउँदा हामी निकै खुसी छौं । हामीले प्रशिक्षण कार्यक्रमहरूले सकारात्मक व्यवहार परिवर्तन ल्याउनुका साथै स्ट्रीट फुड विक्रेताहरूलाई खाद्य सुरक्षा र खाद्य स्वच्छतालाई गम्भीर रुपमा लिन प्रत्सोहान गरेको देखेका छौं । सफा र सुरक्षित खानाले अधिक ग्राहकहरू ल्याउँछ, विक्रेताहरूको जीविका सुधार गर्छ साथै विक्रेताहरूको व्यवसायप्रति आत्मविश्वास बढाउन सहयोग गर्छ । म आशावादी छु कि सर्भ सेफ फुड प्रोजेक्टले नेपालमा विक्रेता समुदायको क्षमता निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”

प्रतिक्रिया दिनुहोस्