Logo

मासटारमा १५ करोड लगानीको रिसोर्ट

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मासटारमा सुविधा सम्पन्न ट्रिपल क्राउन रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय दीपक अधिकारी, केशव अधिकारी र रमेश अधिकारीको संयुक्त लगानीमा रिसोर्ट खुलेको हो ।

यो रिसोर्ट जिल्लामा अहिलेसम्मकै सुविधा सम्पन्न रिसोर्ट रहेको व्यवस्थापनको दाबी छ । असोज एकबाट सञ्चालनमा ल्याइएको रिसोर्टमा करिब १५ करोड रुपैयाँ लगानी रहेको छ । रिसोर्टमा विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठीलगायत कार्यक्रम र पर्यटकका लागि विशेष खालको सेवासुविधा रहेको बताइएको छ । रिसोर्टमा एकै दिनमा पाँच सय जनासम्म पाहुनालाई खाना खुवाउन सकिन्छ ।

रिसोर्टमा पर्यटकलाई तीनतारे स्तरका सेवासुविधा उपलब्ध गराउने व्यवस्थापनको दाबी रहेको छ । रिसोर्टमा १५ वटा कोठा छन् । एक रातमा ४० जना बास बस्न सक्ने रिसोर्टका सबै कोठामा एसी जडान गरिएको छ । रिसोर्ट परिसरमै रोयल स्वीट दुई वटा रुम रहेका छन् । साथै स्वीमिङ पुल र बगैंचा तथा फूलबारी निर्माण गरिएको छ ।

यसैगरी १ सय ५० जना क्षमताको रेष्टुरेन्ट र साना ठूला गरी ३ वटा कन्फ्रेन्स हल रहेका छन् । दुईवटा कन्फ्रेन्स हलमा चार सय ५० जना अटाउने छन् । रिसोर्टमा बार, कफी शप, बच्चाहरूको लागि प्ले जोन उपलब्ध छन् । रिसोर्ट परिसरमा कम्तिमा १ सय वटा साना तथा ठूला सवारीसाधन पार्किङ गर्न सकिन्छ भने ३० जनाले पाएको प्रबन्धक दीपक अधिकारी बताए ।

राजधानी भित्रिने र बाहिरिने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको रिसोर्टले पर्यटकलाई सहज हुने र स्थानीय स्तरमा रोजजारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्