नेप्से परिसूचक ४४ अंकले बढ्दा पनि कारोबार तीन महिनायताकै न्यून

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अंकले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक सोमबार एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अंकमा कायम भएको हो ।
सोमबार तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता शेयर ५० हजार छ सय ८० पटक खरिद बिक्री हुँदा कारोबार रकम तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौ सय ३५ मा खुम्चिएको छ । नेप्सेमा सोमबारको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो ।
म्युचुअल फन्ड शून्य दशमलव ६० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह चार दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८३ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव १८, विकास बैंक एक दशमलव ९३, होटल तथा पर्यटन तीन दशमलव २८, जलविद्युत् एक दशमलव २२, जीवन बीमा एक दशमलव ७८ र लघुवित्त एक दशमलव ८५ प्रतिशतले बढेको छ ।
त्यस्तै, निर्जीवन बीमा शून्य दशमलव ७१, व्यापार एक दशमलव ५२ र अन्य समूह दुई दशमलव ३७ प्रतिशतले बढेको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्म सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको शेयर मूल्य नौ दशमलव ३६ प्रतिशत छ ।
कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १७ करोड ६९ लाख ६४ हजार २७ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा भने सिटिजन सुपर–३० म्युचुअल फन्डको १२ लाख एक हजार चार सय २० कित्ता शेयर किनबेच भएको छ ।