गण्डकीका अभिकर्तालाई नेशनल लाईफको सम्मान
काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्सले पोखरामा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जना अभिकर्ता, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गण्डकी प्रदेशबाट सीइओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई क्लब सदस्यता वितरण गरेका थिए । सो प्रदेशबाट आफ्नो कोड र सञ्जलमा प्रथम दोस्राृ र तेस्रो भएका अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।